Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र पत्रकारिता दिवसमा ४ सम्मानित

Award-Photo-1526958494.JPG

८ जेठ, हेटौँडा । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले हेटौँडामा ४ जनालाई सम्मानित गरेको छ । सम्मानित हुनेमा २  पत्रकार र २ कलाकार रहेका छन् ।

संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०७५’ बाट राजधानी दैनिकका डब्बु क्षेत्रीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ । ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ बाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार रुपैँयासहित सम्मान गरेको छ । संघले ‘कलाकारिता सम्मान’बाट नायिका निता ढुंगाना र कलाकार सुशान्त श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रिय, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, निर्माण ब्यबसायी संघका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, चलचित्र निर्देशक समाजका निबर्तमान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरी हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा मकवानपुरका चलचित्र पत्रकारसहित विभिन्न जिल्लाका चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो । ३ नम्बर प्र्रदेश प्रमुख प्रतिप्रक्ष दलका नेता ईन्द्र्रबहादुर बानियाँको प्र्रमुख आतिथ्यता एवं चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार