Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताको काममा प्रतिवद्ध भई लाग्न बानियाँको आग्रह

Janapratinidi-1526965650.jpg

तस्विर : बानियाँको फेसबुक पेजबाट

८ जेठ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनताको काममा प्रतिवद्ध भएर लाग्न आप्mनो पार्टी निकट जनप्रतिनिधिलाई आग्रह गरेका छन् । 
३ नम्बर प्रदेशमा कांग्रेसबाट विजयी स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुसंग मंगलबार हेटौँडामा भएको अन्तरक्रियामा उनले जनताको मतबाट विजयी जनप्रतिनिधिले जनताको हितमा मात्रै ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । संघीयता कार्यान्वयनका लागि ३ तहको निर्वाचन नेपाली कांग्रेस नेतृत्वमै सम्पन्न भएको भन्दै यसको पूर्ण कार्यान्वयनको प्रमुख जिम्मेवारी पनि कांग्रेसको नै भएको बताए । उनले जनतासंग नजिक रहेको सरकार स्थानीय तह भएकाले उनीहरुको हरेक समस्या समाधानमा स्थानीय तहका जनप्रतिनिधि लाग्नुपर्ने बताए । 
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुले स्थानीय तहमा निर्वाचित भएको एक बर्षे कार्यकालमा कानूनी पक्षबारे सिक्दै जनताको काम गर्दै आएको बताए । उनीहरुले ३ तहको निर्वाचनमा प्राविधिक रुपमा हारेपनि कांग्रेसको नीतिले जितेको भन्दै स्थानीयस्तरमा जनताको सेवामा खटिने प्रतिवद्धता व्यक्त गरेका थिए । पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसंग समन्वय गर्नु अत्यावश्यक रहेको बताएका थिए ।
कार्यक्रममा ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, गाउँपालिका महासंघका महासचिव बंशराम तामाङ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार