Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनगाभाको स्थापना दिवसमा एक दर्जन सम्मानित

Sungava-1527082311.jpg

९ जेठ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहूृद्धेश्यीय सहकारी संस्थाको स्थापना दिवस एवं अभिभावक भेला सम्पन्न भएको छ । 
भेलामा विद्यालय व्यवस्थापन समिती अध्यक्ष हिमाल पौडेलले विद्यालयको गतिविधिको बारेमा जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक केवी खवासले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अरुण पराजुली, शिक्षक रन्जित शाह, फणिन्द्र घिमिरे, सुनिता राई, सुश्मिता न्यौपाने, संस्थापक संचालक विरेन्द्र मानन्धर, तारानाथ खतिवडा, रामकुमार अधिकारी, विमला अधिकारी, देवनारायण सापकोटा, विद्यालयलाई सहयोग गर्ने तेजप्रसाद भट्टराई र दिनेश सापकोटालाई सम्मान गरिएको थियो । यसैगरी सरसफाईमा विश्वास गौतम, तमन्ना अर्याल, अनुशासनमा आयुषा घिमिरे, सुवि जयन्ती, नियमित तर्फ विज्ञान देवकोटा, विद्या तिमल्सिना, कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रहरुमा उत्कृष्ठ काम गर्ने पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, नगर कार्यपालिका सदस्य कल्पना विक, संस्थाका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष रामहरी चौलागाई, कानूनी सल्लाहकार ध्रुवप्रसाद चौलागाई, रानी सामुदायिक वनका कोषाध्यक्ष बसन्त अधिकारी, अभिभावक राजकुमार गौतम, सरीता मिश्र लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५ सय २८ विद्यार्थाीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार