१४ जेठ, हेटौडा । हेटौडा–६ र १५ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको भवनको शिलान्यास तथा मिनि भेला सम्पन्न भएको छ । जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालले भवनको शिलान्यास गरेका हुन् ।
७ कोठे पक्की भवन २८ लाख ४४ हजारको लागतमा १ वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको समूहले जनाएको छ । भवन निर्माण भए पछि समूहको भेला,तालिम,गोष्ठी,विवाह,ब्रतबन्ध लगायतका कामहरु गर्न सहज हुने बताईएको छ । साढे १७ हेक्टर वन क्षेत्र सिटीईभिटीलाई दिने निर्णय मिनि भेलाले गरेको छ । अव लामो प्रतिक्षा पछि हेटौडा–६ गौरीटारमा सिटिईभिटी बन्ने निश्चित भएको समूहका लेखा समिति संयोजक भानुप्रताप बिडारीले बताए । यसको लागि साढे १७ हेक्टर क्षेत्रफलमा रहेका रुखहरुको लगत लिने काम समेत सम्पन्न भैसकेको छ ।
समूहका अध्यक्ष सूर्य बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी सचिव रजनी गौतम, चुरे शिखर कृषि सहकारीका अध्यक्ष राजु दर्लामी,सल्लाहकार पुष्पराज पराजुली,बम बहादुर थिङ,ईन्दमणी गौतम,संचारकर्मी भीमसेन पौडेल लगायतको सहभागिता रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















