Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्य न्यायाधिवक्ता उत्तरदायित्व किटान गर्न माग

Pradesh-Sachwalaya-1527507970.jpg

१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा सोमबार मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् । मूख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । 
बैठकमा विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरुले मूख्य न्यायाधिवक्ता संघीय वा प्रदेश सरकारप्रति उत्तरदायी रहने भन्ने बारेमा स्पष्ट किटान नभएको भन्दै मूख्य न्यायाधिवक्तालाई प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा स्पष्ट किटान हुनुपर्ने धारणा राखेका थिए । विधेयकमाथी सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु विराजभक्त श्रेष्ठ, दीपक निरौला, छिरिङ दोर्जे लामा, रिना गुरुङ र रिता माझीले भाग लिएका थिए ।
यसअघि प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले प्राकृतिक स्रोतको बाँडफाँडका लागि कानूनी निर्माण हुनुपर्ने, सडक निर्माणका क्रममा राजधानी लगायतका क्षेत्रमा धुलोका कारण सर्वसाधारणमा स्वास्थ्य समस्या देखा परेको, खानेपानीको समस्या व्यापाक बढेको भन्दै स्रोतको पहिचान लगायतका क्षेत्रमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पूर्वाधार निर्माणका क्रममा भईरहेको ढिलाई प्रति प्रदेश सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । 
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरुलाई आगामी बैठकमा दिन निर्देशन दिएका छन् । प्रदेशसभाको बैठक जेठ १७ गते अपरान्ह सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार