Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजधानीको निर्क्यौल गर्न प्रदेश सदस्यहरुको माग

11-1527508357.jpg

१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्ने ७ जना प्रदेशसभा सदस्यले प्रदेशको राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानीबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यप्रगतिबारे जानकारी माग्दै राजधानीबारे चाँडै टुंगो लगाउनुपर्ने बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य रामकाजी महर्जन, चन्द्रबहादुर लामा, लालकुमारी पुन, हिरानाथ खतिवडा, मिनाकुमारी नेपाल, लक्ष्मण लम्साल र सरस्वति बाटीले यथाश्रिघ प्रदेशको राजधानीबारे निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले संवैधानिक प्रक्रियाबाट प्रदेशको राजधानीबारे टुंगो लगाउनुपर्ने बताएका थिए । प्रदेशसभा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानी टुंगो लगाउन अध्ययन समिति गठन गरेको प्रदेशसभा सदस्यहरुको ‘आँखामा छारो’ हाल्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

यस्तै, प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सडक पूर्वाधार निर्माण र स्वच्छ खानेपानीको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य प्रभात तामाङले गल्छी–स्याफ्रुवेसी सडक संचालन गर्न माग गरे । उनले रसुवा गढी नाकबाट केरुङ जान उपलव्ध हुने पासलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीहरुलाई बैंकले अनियन्त्रित व्याज लिईरहेको भन्दै यसबारे समन्वय गरेर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य शोभा शाक्यले अदालतबाट दोषि ठहर भएका बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्न लागेको प्रति आपत्ति जनाईन् । सभासद लालकुमारी पुनले संघीय संसदमा झैं प्रदेशसभामा पनि एभरेष्ट बैंकमै खाता खोल्न लगाउनु सिण्डिकेट भएको भन्दै सरकारी बैंकमै खाता संचालन हुनुपर्नेमा जोड दिईन् । प्रदेशसभामा प्रदेशसभा सदस्य रजनी अमात्य जोन्छे, चेतनाथ सञ्जेल, सन्तबहादुर प्रजा, लक्ष्मण लम्साल लगायतले पूर्वाधार निर्माण अव्यवस्थित भएको, खानेपानीका कारण प्रदेशका बासिन्दा समस्यामा परेको लगायतका समस्या राख्दै व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार