Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेः मुख्यमन्त्री डोरमणी पौडेल

gadatantra-diwas-(3)-1527599771.jpg

१५ जेष्ठ, हेटौँडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले धेरैको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न आफूहरु लागिपरेको बताएका छन् । ११ औं गणतन्त्र दिवसका अवसरमा प्रदेश–३ को राजधानी हेटौंडामा निकालिएको प्रभातफेरी पछिको सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले गणतन्त्रमा संघीयताको अनुभव भर्खर गर्दै आएकाले यसलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
गणतन्त्र स्थापनाका लागि बलिदान दिएका शहिदहरुको उद्धेश्य पूरा गर्न प्रदेश सरकार लागेको बताउँदै मुख्यमन्त्री पौडेलले गणतन्त्र स्थापनाका लागि गरिएको बलिदान खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । समावेशी सहभागिता गणतन्त्रसँगै आएकाले त्यसको कार्यान्वयन जोड दिँदै उनले नेपालीको मुहारमा खुशी ल्याउन सरकारलाई सबै सरोकारवालाहरुलार्य सहयोग गर्न आग्रह समेत गरे । 
मुख्यमन्त्री पौडेलले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौंडा–काठमाडौं जोड्ने सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत् उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । 
कार्यक्रममा प्रदेशका मन्त्रीहरु शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, केशव स्थापित, युवराज दुलाल, अरुण नेपाल, दावा लामा, प्रमुख सचिव रेश्मीराज पाण्डे, मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेशका सांसद्हरु, सरकारी कार्यालय, प्रदेश तथा जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।
 हेटौंडाको बुद्धचोकबाट सुरुभएको ¥याली कान्तिराजपथ–संगमचोक–मानसचोकहुँदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार