Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हेटौंडामा, यस्तो छ तयारी

congress-(3)-1527757951.jpg

१७ जेठ, हेटौंडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा हुने भएको छ ।
विहिबार हेटौंडामा पत्रकार सम्मेलन गरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा शर्माले राष्ट्रिय भेला सफल बनाउनका लागि विभिन्न १० समितिहरु गठन गरेको जानकारी दिए ।
३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले प्रदेश समन्वय संयोजकमा उपसभापति विष्णुप्रसाद लामिछाने, मिडिया सेन्टर संयोजकमा जिल्ला सचिव बुद्ध लामा, मञ्च तथा हल व्यवस्थापनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रचारप्रसार संयोजकमा प्रवक्ता प्रदिप कोईराला रहेको जानकारी दिए ।
त्यस्तै खाना संयोजकमा जिल्ला सदस्य रामबाबु बानियाँ, स्वास्थ्य संयोजकमा जिल्ला सदस्य राजिव सुवेदी, स्वयमसेवक समिति संयोजकमा जिल्ला सदस्य अर्जुन तिवारी, आभाष संयोजक सल्लाहकार भरत पराजुली, साँस्कृतिक संयोजक जिल्ला सदस्य सुशान्त श्रेष्ठ र अतिथि सत्कारमा हेटौंडा नगर सभापति आनन्दराम पराजुली रहेका छन् ।
सभापतिहरुको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरु र केन्द्रीय समितिका ८५ पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहने केन्द्रीय प्रवक्ता शर्माले जानकारी दिए ।
केन्द्रीय प्रवक्ता शर्माले राष्ट्रिय भेला बदलिएको संरचनामा विधान कसरी बनाउने, पार्टीको संगठन तथा भातृ/शुभेच्छुक संघसंगठनहरु सुदृढिकरण कसरी गर्ने  र समसामयिक राजनीतिक परिबेशको बारेमा केन्द्रित रहने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार