१८ जेठ, हेटौँडा । प्रदेश ३ सरकारले सुरुङ मार्ग र प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजनामा राखेको छ। प्रदेश सरकारले पहिलोपटक ल्याएको आफ्नो नीति तथा कार्यक्रममा यी दुई योजनालाई प्रदेश गौरवको योजनामा राखेको हो।
प्रदेशसभामा शुक्रबार आर्थिक वर्ष ०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली र काभ्रे) लाई प्रदेश गौरवका योजनाको रूपमा अगाडि बढाउने बताइन्।
सरकारको नीति तथा कार्यक्रममा एक पालिका एक विशेष उत्पादन, मावि शिक्षा निःशुल्क र अनिवार्य, प्रदेश विद्युत लगानी बोर्ड, प्रदेश पर्यटन परिषद, प्रदेशस्तरीय जलस्रोत आयोग, प्रदेश सामाजिक सुरक्षा कोष, प्रदेश विपद् व्यवस्थापन कोष, युवा प्रोत्साहन कोष, प्रादेशिक वैज्ञानिक आविस्कार केन्द्र, प्रदेश सूचना पार्क, २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउने, दाइजोरहित प्रदेश, अपराध न्यूनीकरणका लागि प्रदेश अनुसन्धान व्यूरो स्थापना, मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, स्थानीय तहमा १५ देखि ५० शैय्याको अस्पताल, सदरमुकामदेखि गाउँपालिका वा लोकमार्ग जोड्न पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी मुख्यमन्त्री ग्रामीण सडक योजना जस्ता योजनाअघि बढाउने उल्लेख छ।
नीति तथा कार्यक्रममा एक घर एक धारा, हेटौँडा–फाखेल–फर्पिङ सडक, काठमाडौं साँखु–फट्केश्वर सुरुङ मार्ग निर्माणलाई संघसँग समन्वय गरी कार्यअघि बढाउने, सबै भौतिक संरचना अपांग मैत्री बनाइने, हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने, एक स्थानीय तह एक उद्योग ग्राम, ०७५/०७६ लाई उद्योग वर्ष घोषणा, कृषिलाई आधुनिकिकरण गर्ने र जमिनको वर्गीकरण गर्ने जस्ता योजनालाई अघि सारिएको छ।
नीति तथा कार्यक्रम ‘गुदी नभई बोक्रा’
३ नम्बर प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रम नारामा मात्रै सीमित रहेको बताए। उनले यसलाई ‘गुदी नभइ बोक्रा’ को संज्ञा दिएका छन्। उनले नीति तथा कार्यक्रममा सबैलाई चित्त बुझाउन सबै क्षेत्रलाई नारामा अटाएको भए पनि ठोस ढंगले ल्याउन नसकेको बताए। उनले यसलाई प्रदेश सरकाले बजेटमा कसरी रुपान्तरण गर्छ भन्नेमा आफूहरूको चासो रहेको बताए। राप्रपा प्रजातान्त्रिककी प्रदेश सभा रिना गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रको नक्कल भएको बताइन्। उनले नीति तथा कार्यक्रममा विभिन्न आयोग, परिषद् र केन्द्र गठन गर्ने भनिएको प्रति आपत्ति जनाउँदै यसलाई कार्यकर्ता भर्ति गर्ने योजनाको रुपमा अघि सारिएको बताइन्। उनले सरकारले थोरै भए पनि गौरवको योजना ल्याए पनि यो अपर्याप्त रहेको बताइन्।
विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीय सरकारकै ढाँचामा ल्याएको भन्दै कार्यान्वयन हुनेमा आशंका रहेको बताए। उनले कार्यक्रमको प्राथमिकिकरणमा समेत प्रदेश सरकार चुकेको औँल्याए। सत्तापक्षीय प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रदेश समृद्धिका लागि बाम गठबन्धनको घोषणापत्र र त्यसमा छुटेका विषयलाई समेत नीति तथा कार्यक्रमले समेटेको बताए ।
प्रदेशसभा सदस्य रामेश्वर फुँयालले नेपाललाई समृद्धि बनाउने अभियानलाई पूरा गर्ने ढंगको नीति तथा कार्यक्रम आएको बताए। उनले उद्यमशिलतालाई प्रवद्र्धन, पर्यटनको प्रवद्र्धन, सामाजिक कुरिति न्यूनिकरणका लागि पहल, पूर्ण साक्षरता लगायतका विषयले सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने बताए।
प्रदेश प्रमुख अस्वस्थ, डोरमणीले पढे
३ नम्बर प्रदेशसभा संचालन नियमावलीमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने उल्लेख छ । नियमावली अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अनुराधा कोइराला नै आईन् । तर अस्वस्थताका कारण केही समय पढेपछि उनले प्रदेश मूख्यमन्त्री डोरमणी पौडेललाई पढ्न प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसंग अनुमति मागिन् । सभामुखले अनुमति दिएपछि बाँकी नीति तथा कार्यक्रम मूख्यमन्त्री पौडेलले प्रस्तुत गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















