Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

यस्तो छ ३ नम्बर प्रदेशको राजस्व बाँडफाँड प्रतिशत

Pradesh-Sava1-1527926334.JPG

१९ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा शनिबार प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राजस्व बाँडफाँडसहितको विधेयक प्रस्तुत गरेका हुन् । 
मन्त्री ढुंगेलले प्रस्तुत गरेको विधेयकमा सवारी कर प्रदेशलाई ८० र स्थानीय तहलाई २० प्रतिशत, घरजग्गा रजिष्ट्रेशन शुल्क प्रदेशलाई ४० र स्थानीय तहलाई ६० प्रतिशत, विज्ञापन कर प्रदेशलाई ४० र स्थानीय तहलाई ६० प्रतिशत बाँडफाँड हुने उल्लेख छ । मनोरञ्जन कर प्रदेशलाई ४० र स्थानीय तहलाई ६० प्रतिशत, पर्यटन कर प्रदेशलाई ५० र स्थानीय तहलाई ५० प्रतिशत, ढुंगा, गिटि, बालुवा, चुनढुंगा, खरी ढुंगा, अभ्रख र दहत्तर बहत्तर कर प्रदेशलाई ५० र स्थानीय तहलाई ५० प्रतिशत बाँडफाँड हुने जनाईएको छ । करको दर भने आर्थिक ऐनमा तोकिने विधेयकमा उल्लेख गरिएको छ । 
विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले विधेयक हतारमा आएको र समेट्नुपर्ने विषयहरु छुटेको भन्दै सुधार आवश्यक रहेको बताएका थिए । वित्तिय हस्तान्तरण भन्ने वित्तिकै अनुदान र राजस्वलाई मात्रै ध्यान दिएको भन्दै उनीहरुले ऋण र सहयोगबारे पनि विधेयकमा उल्लेख गर्नु जरुरी रहेको बताए । 
बैठकमा प्रदेशसभा सदस्य दीपक निरौला, प्रभात तामाङ, केशव पोखरेल, सरेश नेपाल र सन्तबहादुर प्रजाले विधेयकको सैद्धान्तिक पक्षबारे धारणा राखेका थिए । विधेयकबारेका जिज्ञासाहरुको जवाफ दिंदै मन्त्री ढुंगेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझावलाई आवश्यकता अनुसार समेटिने बताए । बैठक आइतबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार