Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पूर्वाधार र आर्थिक अभावले बृद्धाश्रम संचालन गर्न कठिन

Human-Rights-1528025431.JPG

२० जेठ, हेटौँडा । पूर्वाधार र आर्थिक अभावका कारण बृद्धाश्रम संचालनमा कठिनाई रहेको हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 
राष्ट्रिय मानव अधिकार आयोगले आइतबार गरेको ज्येष्ठ नागरिकहरुको अधिकारसम्बन्धी अन्तरक्रियामा सहभागी बृद्धाश्रम संचालकहरुले यस्तो कठिनाई औल्याएका हुन् । उनीहरुले राज्यकले निर्वाह गर्नुपनेृ भूमिका आफुहरुले सेवाभावका साथ गरेको भन्दै बृद्धाश्रम एवं सेवा केन्द्रहरु कठिनाईका बाबजुद संचालन भईरहेको बताए । कार्यक्रममा ओम बृद्धाश्रम हेटौँडा चौकिटोलका अध्यक्ष बुद्धिप्रसाद पौडेलले बृद्धाश्रम संचालनका लागि दिगो आर्थिक स्रोत नहुँदा आफुहरु ‘मगन्ते’ बनेर सहयोग जुटाउनु परिरहेको बताए । उनले बृद्ध अवस्थामा अवस्थता बढि हुने भएकाले ज्येष्ठ नागरिकको उपचारमा समस्या रहेको भन्दै राज्यले बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि उपचारको ठोस नीति ल्याउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा सहभागीहरुले बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरु नागरिक पाउनबाट बन्चित हुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत बन्चित रहेको गुनासो गरेका थिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बृद्धाश्रमलाई व्यवस्थित ढंगले संचालनका लागि प्रशासनिक सहयोग आफुले गर्ने बताउँदै संघीय संरचनामा देश गएकाले यसलाई स्थानीय तहले बढि दायित्व लिनुपर्नेमा जोड दिए । प्रदेश ३ का मूख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले यस्ता बृद्धाश्रमलाई राज्यले पनि सहयोग गर्नुपर्नेमा जोड दिंदै अधिकारसंगै सामाजिक उत्तरदायित्वबारे सानैदेखि सन्ततिलाई ज्ञान दिनु आवश्यक भएको बताए । 
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले उपमहानगरपालिकाले आप्mनो क्षेत्रमा रहेका बृद्धाश्रम एवं सेवा केन्द्रहरुलाई सहयोग गर्ने भन्दै आर्थिक एवं भौतिक पक्षलाई व्यवस्थापनका लागि सबैको सहयोग आवश्यक रहेको बताईन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले बृद्धाश्रममा ज्येष्ठ नारिकहरुको संख्या बढ्नुमा आर्थिक समस्या, पारिवारिक स्नेहको कम, चेतनाको अभाव, सन्तानमा दायित्व बोधको कमी, पारिवारिक कलह लगायतका कारण रहेको बताए । उनले आयोगको अनुगमनका क्रममा यस्ता संस्थाहरुलाई राज्यबाट उपलव्ध हुने स्रोत साधनमा असन्तुलित वितरण र पहुँचका आधारमा दिईएको पाईएको बताए । 
त्यसैगरी, कतिपय झोलामा रहेका बृद्धाश्रम पनि फेला परेको भन्दै राम्रो गर्नेलाई प्रोत्सान र गलत गर्नेलाई कारवाहीका लागि मापदण्ड तयार गर्न राज्य जिम्मेवार हुनुपर्ने आयोग सदस्य वस्तीको सुझाव थियो । अन्तरक्रियामा सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन र तनहुँका बृद्धाश्रम संचालक, अधिकारकर्मी र संचारकर्मीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार