Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकासका लागि भ्रष्टाचार विरुद्ध आक्रमणको नीति : प्रधानमन्त्री ओली

PM1-1528106892.jpg

२१ जेठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुकका लागि भ्रष्टाचारविरुद्ध आक्रमणको नीति लिएको बताएका छन् ।  
प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सुशासन पहिलो शर्त रहेको भन्दै वर्तमान सरकारले गरिबि, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको बताए । उनले सबै खाले सिण्डिकेट अन्त्य गर्ने र यो कार्यक्रममा लाग्न प्रदेश सरकारलाई सुझाव दिए । अहिले जनताले चाहे अनुसार बहुमतको सरकार रहेको भन्दै विकास गर्ने अनुकुल वातावरण रहेको बताए ।  उनले विकासका खाका सुनाउँदै उनले तीन तहबीचको समन्वय आवश्यक रहेको बताए । 
उनले स्थानीय तह र प्रदेश सरकार छुट्टै सरकार नभई विकासका लागि संघीय सरकार अन्तरगतकै संरचना भएको बताए । उनले अबको समय विकासको समय भएकाले सबै खाले हिंसात्मक आन्दोलन ल्याग्न सुझाव दिए । छुट्टै मधेश जस्ता गतिविधिलाई आपराधिक गतिविधिको संज्ञा दिंदै प्रधानमन्त्री ओलीले यस्ता कार्य सरकारलाई स्विकार्य नहुने बताए । उनले शान्तिपूर्ण वार्तामार्फत समस्या समाधानका लागि आव्हान समेत गरे । प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकारले कार्य अघि बढाएको भन्दै आयात न्यूनिकरण गर्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । 
उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरणका लागि सरकार अघि बढेको भन्दै उद्योग स्थापनाका लागि नीति क्षेत्रसंग सहकार्य गर्ने समेत बताए । उनले आफु प्रधानमन्त्री भएपछि भारतसंगको समन्वयमा सुधार आएको बताउँदै छिमेकी र अन्तराष्ट्रिय क्षेत्रसंगको सुमधुर सम्बन्धबाट मात्रै विकास सम्भव रहेको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार