Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल माविलाई पूर्ण सरसफाईयुक्त घोषणा गरिने

Bansha-Gopal-1528113656.jpg

२१ जेठ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविलाई पूर्ण सरसफाई युक्त विद्यालय घोषणा गरिने भएको छ । विद्यालयलाई आगामी बर्षको विश्व वातावरण दिवसका दिन पूर्ण सरसफाईयुक्त र जंगफुडरहित विद्यालय घोषणा गरिने भएको छ ।

अभियानको सोमबार शुभारम्भ कार्यक्रम गरिएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले विद्यालय परिसर र कक्षा कोठा कागज र प्लाष्टिकरहित बनाउने, जंगफुड निषेध गर्ने र फोहर निषेध गरिने बताए । विद्यालयको वातावरण समितिको आयोजनामा भएको कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाई, शिक्षक अभिभावक संघका अध्यक्ष शिवदयाल यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले प्रकाश पारेका थिए । विद्यालयले सोमबार नै ‘सफा कक्षाकोठा, जंगफुडरहित विद्यालय प्रवेश हाम्रो अभिभारा’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतियोगितामा कक्षा ९ का रोशन अधिकारी प्रथम, कक्षा १० की सिर्जना खड्का दोस्रो, कक्षा १० कै प्रयास पुडासैनी तृतिय भएका छन् । शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन सबैको एकिकृत प्रयासमा १ बर्षभित्र विद्यालयलाई जंगफुडरहित र पूर्ण सरसफाईयुक्र घोषणा गरिने वातावरण समितिका संयोजक रामकृपाल साहले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार