Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नु पर्छ : मुख्यमन्त्री पौडेल

Batabaran-Diwas-Hetauda1-1528205831.jpg

२२ जेठ, हेटौँडा । प्रदेश नं. ३ का मुख्य मन्त्री माननीय डोरमणी पौडेलले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नु पर्ने बताएका छन् । जबसम्म स्थानीय उत्पादनलाई बृद्धि गर्न र प्रोत्साहन गर्न सकिदैन तबसम्म समृद्धि हुन नसक्ने बताउँदै मुख्यमन्त्री पौडेलले अबको ५ वर्ष समृद्धिको बर्ष हुने दावि गरे । 
४६ औ विश्व वातावरण दिवसको अवसरमा हेटौडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिले मंगलबार हेटौडामा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोडेलले सबैको सामुहिक प्रयासबाट मात्रै समृद्धि हुने जिकीर गरे । फलफूलको वृक्षारोपण गरी आम्दानी बढाउनु पर्नेमा जोड दिदै मुख्य मन्त्री पौडेलले जनताको विकासको तिब्र ईच्छालाई प्रदेश सरकारले पूरा गर्ने बताए । कार्यक्रममा हेटौडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित उपमहानगरपालिका घोषणा गरिएको थियो ।
कार्यक्रममा वातावरणको क्षेत्रमा लामो समय देखि क्रियाशिल वातावरण सुधार समन्वय समितिका संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमममा विद्यालय तर्फ ¥यालप्मा उत्कृष्ठ हुने अमर मावि, मकवानपुर टेक्निकल ईन्स्टीच्युट,नारायणी मेकानिकल एण्ड टेक्नोलोजी,भूटनदेवी मावि र बालजागृति ईङलिश बोडिङ स्कूल, टोल विकास तर्फ स्वाबलम्वी टोल विकास संस्था,हेटौडा–१,चिसापानी टोल विकास संस्था हेटौडा–४,समाज कल्याण टोल किवास संस्था हेटौडा–४,झोलुङे टोल विकास संस्था हेटौडा–११ प्रगति टोल विकास संस्था हेटौडा–९ र संघसंस्था तर्फ महिला स्वास्थ्य स्वयंसेविका सरसफाई र विकास समितिलाई पुरस्कृत गरिएको थियो ।
टोल विकास संस्था नगर समन्वय समितिका कार्यबाहक अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई,३ नं. प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्य मृुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटोडा उपमहानगरपालिकाकानगर प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा, जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठक, गैसस ३ नं. प्रदेशका अध्यक्ष बुद्धशरण लामा,टोल विकास संस्था नगर समन्वय समितिकी उपाध्यक्ष बेगम बराल, महासचिव गंगा पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम शुरु हुन अगाडि विभिन्न टोल विकास संस्था र विद्यालयबाट आएका झाकी सहितको ¥यालीले नगर परिक्रममा गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार