Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पदमपोखरीमा सप्ताहको आयव्यय सार्वजनिक

Padampokhari-Campus-1528535955.JPG

२६ जेठ, हेटौँडा । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति २०७४ चैत २१ गतेदेखि २९ गतेसम्म भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
शनिबार क्याम्पस प्राङ्गाणमा एक कार्यक्रमको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिएको हो । सप्ताहमा कुल ३७ लाख २२ हजार ५१ रुपैयाँ संकलन भएकोमा ८ लाख ८ हजार ८ सय १० रुपैयाँ खर्च भएको सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीले जानकारी दिए । आम्दानीतर्फ दाताहरुबाट ३६ लाख ९७ हजार र चन्दा बाकसबाट २४ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै सहयोग रकम दिने उद्घोष गरेकाहरुबाट ६२ हजार ६ सय ६६ रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।
सप्ताहमा गोपी बर्तौलाले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कृष्णप्रसाद मैनालीले ५ लाख १० हजार र राजेन्द्र मैनालीले ५ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै खर्चतर्फ सम्मान पत्र १ लाख ७ हजार ८० रुपैयाँ, छापाखानामा ६७ हजार ४ सय २०, खाद्यान्नमा ५६ हजार ५ सय १६, यातायात तर्फ ४५ हजार २ सय ५६, अतिथि सत्कारमा ५ हजार, विविधतर्फ १६ हजार ६ सय १०, प्रचार प्रसारमा ७९ हजार र पाण्डाल पण्डिततर्फ ३ लाख ९३ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको जनाइएको छ । संकलित रकम क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था सुधारको निम्ती उपयोग गरिने छ ।
सप्ताहमा संकलित रकम आयोजक समितिद्वारा क्याम्पस संचालक समितिलाई हस्तान्तरण समेत गरिएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । क्याम्पस प्रमुख कृष्णमाया लटौलाले  संचालन गरेको कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शंकरबहादुर रोक्का, आर्थिक उपसमितिका संयोजक विष्णुमाया लामा, सदस्य बिरु थोकर, संचारकर्मी ज्योति न्यौपाने, दिपा लामा, सहयोगी दाताहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
सप्ताह ज्ञान महायज्ञमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।
२०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुले समेत चासो दिएर सोही क्याम्पसमा अध्ययन गर्ने उद्घोष समेत गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार