Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेशमा कृषि कर लगाउन लागेकोमा विरोध

1-1528895231.jpg

प्रतिवेदन प्रस्तुत गर्दै अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल

३० जेठ, हेटौँडा । प्रदेश नम्बर ३ मा कृषि आयमा कर लगाउन लागेको भन्दै प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । 
प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरुले यसको विरोध गरेका हुन् । प्रदेशसभा सदस्य प्रभात तामाङले कृषि आयमा कर लगाउन नहुने भन्दै यसले मूल्य बृद्धि गर्ने बताए । उनले कृषिमा कर लगाउँदा गरिब, किसानमाथि अन्याय हुने भन्दै यसबारे प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य रिना गुरुङले कृषिमा कर लगाउनु बेठिक भएको भन्दै यसलाई हटाउन माग गरिन् । उनले अहिलेसम्म कृषि क्षेत्रमा दिएको सुविधा नै अपुग भईरहेको अवस्थामा कर लगाउनु अनुपयुक्त हुने बताईन् । 
प्रदेशसभा सदस्य सिता अधिकारीले कृषिमा कर लगाउने नभई विउविजन, कृषि औजारमा छुट दिनुपर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराईन् । प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिंदै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले नयाँ विषय भएकाले कृषि करबारे धेरै चर्चा हुनुलाई स्वभाविक भएको बताए । उनले कृषकले कृषि उत्पादन विक्रि गर्दा वा व्यापारीले विक्रि गर्दा कर लगाउने यसबारे प्रदेश सरकार स्पष्ट हुनुपर्ने बताएका थिए । 
प्रदेशसभामा पेश भएको विधेयकमा ‘कृषि आयमा कर लगाउन सकिनेछ’ भनिएको छ । यसको स्पष्टिकरणमा ‘कृषि आय भन्नाले धान, गहुँ, कोदो, फापर, मकै, फलफुल, तरकारी, आलु, मासुजन्य पर्दाथ, माछा, दुध, तेल्हन जस्ता अन्य खाद्य बस्तुको उत्पादनको विक्रिबाट हुने आयलाई सम्झनु पर्दछ’ भनिएको छ । 
यसअघि, बैठकमा दुई प्रतिवेदन प्रस्तुत भएका थिए । बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश आकस्मिक कोष विधेयक र वित्तीय हस्तान्तरण सम्बन्धि विधेयक प्रतिवेदनसहित पेश गरेका हुन् । विधेयक एक साता अघि दफावार छलफलका समितिमा पठाईएको थियो । छलफल पछि सभापति नेपालले प्रदेश सभा बैठकमा प्रतिवेदनसहित पेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार