Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस जिल्ला सभापतिको तयारीबारे छलफल

NePali-Congress-1529154303.jpg

तस्विर : ईन्दबहादुर बानियाँको फेसबुक पेजबाट

२ असार, हेटौँडा । हेटौँडामा असार ५, ६ र ७ गते हुन लागेको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीका लागि शनिबार हेटौँडामा छलफल भएको छ । पार्टी जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको जिल्ला विस्तारित बैठकमा राष्ट्रिय भेला तयारीबारे छलफल भएको हो । 
कार्यक्रममा जिल्ला सभापतिहरुको भेलाका लागि गठन भएका विभिन्न समितिले अहिलेसम्म गरेका कामबारे छलफल गर्दै अब गर्नपर्ने योजनाबारे रणनीति तयार गरिएको थियो । जिल्ला भेला उद्घाटन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, र भेला संयोजक जिल्ला मकवानपुरका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिईएको थियो । 
भेला उद्घाटनको दिन कार्यक्रम स्थल पल्पसा सभाहल परिसरमा बृहत रक्तदान कार्यक्रम गरिने स्वास्थ्य समिति संयोजक राजिव सुवेदीले बताए । बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिएको छ । 
छलफलको निचोडलाई सभापतिहरुको राष्ट्रिय भेलामा पार्टी जिल्ला सभापति बानियाँले प्रस्तुत गर्ने प्रवक्ता प्रदिप कोइरालाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार