Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ को बजेट गन्तव्यहिन भन्दै विरोध, के भने बानियाँले ?

Indra-Bahadur-Baniya-1529327388.jpg

४ असार, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटमाथिको छलफलमा दोस्रो दिन पनि प्रदेश सरकारले ल्याएको बजेटको आलोचना भएको छ । बैठकमा सोमबार बजेटमाथिको छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गन्तव्यहिन बजेटप्रति पूर्ण असहमति रहेको बताए ।

उनले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा केन्द्रित ढंगको भएकोले यसप्रति पूर्ण असहमति रहेको बताए । उनले नारा र शव्दले भन्दा व्यवहारले प्रदेश समृद्ध हुने भन्दै बजेटले यसलाई सम्बोधन गर्न नसकेको बताए । उनले बार्षिक १० हजार जनाको स्वास्थ्य परिक्षण गर्ने गरी मूख्यमन्त्री स्वास्थ्य परिक्षण योजना ल्याएको प्रति कटाक्ष गर्दै प्रदेशका ५५ लाख जनसंख्याको स्वास्थ्य परिक्षण गर्न ५ सय ५५ बर्ष कुर्ने भन्दै प्रश्न गरे । कार्यकर्ताको मात्रै स्वास्थ्य परिक्षण गर्ने खालको ‘हावादारी’ योजनाले बजेटलाई हावादारी बनाई दिएको भन्दै उनले ‘कालो सुन भैसी नै हुन्’ भन्ने सरकारले भैसी किन्न २ प्रतिशतमा ऋण उपलव्ध गराउने कुरा राख्न नसकेकोप्रति आपत्ति जनाए । बजेट गरिबमारा, किसानमारा र मुलुकमारा भएको भन्दै एकपक्षीय ढंगले आएको बजेटमा आफुहरुको समर्थन नरहेको बताए ।

बैठकमा सत्तापक्षीय प्रदेशसभा सदस्य घनश्याम दाहालले प्रदेश गौरबका योजनालाई मूर्त ढंगले बजेट नआएको गुनासो गरे । पर्यटकीय क्षेत्रहरुलाई समानुपातिक ढंगले बजेटमा नसमेटिएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए । कालो सुन भैसी नै हुन् भन्ने नाराले पशुधनमा भैसीको मात्रै सम्बोधन हुने भएकाले यसलाई हटाउन माग गरे । अर्का सत्तापक्षीय प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भुकम्प पीडितलाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै ध्यानार्कषण गराएका थिए भने कृषि सडकको बजेट विनियोजनको ठोस आधार प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले ५ बर्षभित्र प्रदेशलाई समृद्ध बनाउने अवधारणाको प्रशंसा गरे । अर्का प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले बजेटले जनतामा आशा र भरोसा जगाएको बताउँदै उद्देश्य र प्राथमिकता स्पष्ट हुनुपर्नेमा ढुलमुले भएको भन्दै सुधारका लागि सुझाव दिए ।

नेमकिपाकी प्रदेशसभा सदस्य सिर्जना सैज्युले बजेटमार्फत ‘चटके’ ले जस्तै प्रदेश सरकारले जनतालाई झुक्याउने काम गरेको बताईन् । उनले बजेटले १३ जिल्लालाई समानुपातिक ढंगले नहेरेको भन्दै पक्षपातपूर्ण रहेको टिप्पणी गरिन् । उनले बजेटलाई ‘थोत्रो कागजको गन्हाउने फुल’ को संज्ञा दिईन् ।

राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले बजेट २ जिल्लाका लागि मात्रै केन्द्रित भएको भन्दै प्रदेशको हुन नसकेको बताईन् । उनले कृषिमा कुखुरा व्यवसाय, केरा खेति र मौरीपालन व्यवसायलाई उपेक्षा गरेको भन्दै यस्तो निरासाजनक बजेट कसका लागि ल्याएको हो बुझ्न नसकेको बताईन् । प्रदेशसभा सदस्यहरुको बजेटमाथिको छलफल सोमबार सकिएको छ । छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले असार ६ गते दिने कार्यसूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार