सुनिल, शिवाकोटी
७ असार, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असार ५ गतेदेखि हेटौँडाको पल्पसा हलमा बसेको ७७ अेटा जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आजको सम्पन्न बन्द सत्रमा ३४ जना जिल्ला सभापतिहरुले आफ्नो धारणा व्यक्त गरेका छन ।
ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ तामाङ्ग, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, मनाङका टेकबहादुर गुरुङ, काठमाडौँका कृष्ण (सवुज) वानियाँ, डोटीका प्रदीप देउवा, सल्यानका गणेश चन्द, झापाका उद्धव थापा, हुम्लाका जयपति रोकाय, मोरङका डिगबहादुर लिम्वू, जुम्लाका दिपबहादुर शाही, संखुवासभाका दिपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ, प्यूठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, बाँकेका किरण कोइराला, धनुषाका महेशशंकर गिरी, सिरहाका रामचन्द्र यादव, काभ्रेपलाञ्चोकका मधु आचार्य, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, अर्घाखाँचीका विष्णुप्रसाद खनाल ‘मुस्कान’, दैलेखका कृष्णकुमार बी.सी., रौतहटका कृष्णप्रसाद यादव, मुगुका खड्कबहादुर शाही, बाराका जयचन्द्र चौरसिया, बझाङका हर्कजंग बहादुर सिंह, महोत्तरीका महेन्द्रकुमार राय, भक्तपुरका दुर्लभ थापा, पर्साका अजयकुमार द्विवेदी, रुकुम (पूर्वी) का संयोजक केशरमान रोक्का र मकवानपुरका ईन्द्रबहादुर वानियाँले आफ्नो आफ्नो धारणा व्यक्त गरेका हुन ।
हेटौंडामा पल्पसा सभाहलमा सुरु भएको बन्द सत्रमा बिहिबार ३४ जिल्ला सभापतिहरुले पार्टीको कार्यशैली र तिन तहमै भोग्नु परेको पराजयको आलोचना गरेका छन । जसमा ५ जिल्लाका सभापतिहरुले हिन्दुराष्ट्रको कुरा उठाएका हुन । आफ्नो धारणा व्यक्त गर्नै क्रममा ईलाम जिल्ला सभापति हिमालय कर्माचार्यले अग्रज नेताहरुलाई बोल्न नदिएको यस्तो गल्ती गर्दा पार्टी एकता नचाहनेहरुलाई बल पुगेको बताए । त्यसैगरी डडेल्धुराका सभापति कर्ण मल्ल, पर्साका सभापति अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङ्काका सभापति कीर्ति खड्का, पर्वतका खिम प्रसाद भुसालले पार्टीले हिन्दुरास्ट्रको मुद्दा लिएर जानुपर्ने कुरामा जोड दिए । त्यसैगरी चितवनका सभापति जित नारायण श्रेष्ठले निर्वाचनमा माओवादीलाई र राप्रपालाई भोट हालेर केही नपाएको बताए ।
त्यसैगरी रामेछाप जिल्ला सभापति लभश्री न्यौपानेले जिल्ला समितिहरुलाई कुनै अधिकार नदिएको भन्दै आलोचना गरे । दोलखाका रुद्र खड्काले चुनावमा बेहोरेको हारको जिम्मा सबैले लिनुपर्ने भन्दै सभापति देउवाको बचाउ गरे ।त्यसैगरी मकवानपुरका सभापति ईन्द्रबहादुर वानियाँले पार्टी पक्तिमा परिवर्तन आउनु पर्नै कुरामा जोड दिए ।
केही सभापतिहरु र र्शीष पंक्तिका नेताहरुको धारणा व्यक्त गर्न बांकि रहेकोले भोली शुक्रबार हेटौंडा घोषणापत्र जारी गर्दै समापन हुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















