Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मार्कस रोहोले गरे अर्जेन्टिनाको उद्धार, क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा

1-1530059826.jpg

१३ असार, हेटौँडा । रुसमा जारी २१ औँ फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट क्रोएसिया र अर्जेन्टिना अन्तिम १६ मा पुगेका छन् ।
मंगलबारराति भएका आ–आफनो खेलमा जित निकाल्दै क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक सहित उपविजेता बनेको हो । क्रोएसिया भने शतप्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ ।
अर्जेन्टिना र नाइजेरिया विचको खेलमा, खेल सुरु भएको १४ औं मिनेटमा मेस्सीले सुरुवाति अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए । मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ ।
दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको नाइजेरियाले खेलको ४९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै बराबरी गरेको । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।
नाइजेरियालाई बराबरीले नै अन्तिम १६ मा पुग्ने समीकरण भए पनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो ।  मार्कोस रोहोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका हुन् ।
अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले हिजोको खेलमा ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा गोलकिपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोहोले टिममा स्थान बनाएका थिए ।  
यस्तै हिजै भएको समूह डीको अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५३ औ मिनेटमा क्रोएसियाका मिलन बादलेजको प्रहार गोलमा परिणत भएको थियो । यस्तै ७६ औं मिनेटमा आइसल्याण्डका सिगरशनले बराबरी गोल गरेका थिए ।
तर ९० औं मिनेटमा क्रोएसियाका लागि इभान पर्सीले निर्णायक गोल गर्दै  समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल बनाए ।
समूह  डीबाट विजेता बनेको क्रोएसियाले प्री क्वार्टर फाइनलमा समूह सीको उपविजेता डेनमार्कसँग भिड्दा समूह डी को उपविजेता बनेको अर्जे्न्टिना समूह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।

(एजेन्सी)

 

2-1530059827.jpg
3-1530059827.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार