Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मार्कस रोहोले गरे अर्जेन्टिनाको उद्धार, क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा

1-1530059826.jpg

१३ असार, हेटौँडा । रुसमा जारी २१ औँ फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट क्रोएसिया र अर्जेन्टिना अन्तिम १६ मा पुगेका छन् ।
मंगलबारराति भएका आ–आफनो खेलमा जित निकाल्दै क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक सहित उपविजेता बनेको हो । क्रोएसिया भने शतप्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ ।
अर्जेन्टिना र नाइजेरिया विचको खेलमा, खेल सुरु भएको १४ औं मिनेटमा मेस्सीले सुरुवाति अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए । मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ ।
दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको नाइजेरियाले खेलको ४९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै बराबरी गरेको । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।
नाइजेरियालाई बराबरीले नै अन्तिम १६ मा पुग्ने समीकरण भए पनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो ।  मार्कोस रोहोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका हुन् ।
अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले हिजोको खेलमा ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा गोलकिपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोहोले टिममा स्थान बनाएका थिए ।  
यस्तै हिजै भएको समूह डीको अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५३ औ मिनेटमा क्रोएसियाका मिलन बादलेजको प्रहार गोलमा परिणत भएको थियो । यस्तै ७६ औं मिनेटमा आइसल्याण्डका सिगरशनले बराबरी गोल गरेका थिए ।
तर ९० औं मिनेटमा क्रोएसियाका लागि इभान पर्सीले निर्णायक गोल गर्दै  समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल बनाए ।
समूह  डीबाट विजेता बनेको क्रोएसियाले प्री क्वार्टर फाइनलमा समूह सीको उपविजेता डेनमार्कसँग भिड्दा समूह डी को उपविजेता बनेको अर्जे्न्टिना समूह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।

(एजेन्सी)

 

2-1530059827.jpg
3-1530059827.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार