१६ असार, हेटौँडा । सुशासनलाई आफ्नो पहिलो प्राथमिकता भन्ने प्रदेश ३ को सरकारले रात्रिभोजका लागि १० लाख रुपैँया बजेट विनियोजन गरेपछि विरोध शुरु भएको छ । बजेट पारित भएपछिको रात्रिभोजका लागि १० लाख रुपैँया विनियोजन गरेपछि प्रदेशसभामा विरोध भएको हो । प्रदेशसभा बैठकमा शनिबार बोल्दै राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले रात्री भोजका लागि छुट्याईएकोे भन्दै आपत्ति जनाईन् । बजेटमा मूख्यमन्त्री कार्यालयको कार्यक्रम खर्च अन्तरगत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारित पछि गरिने रात्रिभोज कार्यक्रम’ शिर्षकमा १० लाख रुपैंया विनियोजन गरिएको छ । उनले यहि बजेटलाई फजुल खर्च भन्दै विरोध गरेकी हुन् । उनले जनतासंग सभासद शिर्षकमा छुट्याईएको ३९ लाख रुपैँयाको समेत विरोध गरिन् । संचारक्षेत्र र धार्मिक पर्यटनप्रति प्रदेश सरकार उदासिन देखिएको उनको भनाई थियो ।
बैठकमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य पशुपति चौलगाईले बजेटले सहकारी क्षेत्रलाई समेट्न नसकेको बताए । उनले यसअघि नै डिपिआर भईसकेका योजनामा पुनः डिपिआरका लागि बजेट विनियोजन गरिएको भन्दै यसबारे ध्यान दिन सुझाव दिए । कांग्रेस प्रदेशसभा सदस्य गिता वाग्लेले द्ुई तिहाईको दम्भ बजेटमा देखिएको भन्दै आफुलाई मात्रै हेरेर नभई जनतालाई हेरेर बजेट बनाउन सरकारलाई सुझाव दिईन् । उनले त्रिवेणी–देवघाटधाम धार्मिक पर्यटन, सुकुम्बासी व्यवस्थापन, चितवनलाई मेडिकल शहर बनाउने जस्ता मुद्धा बजेटमा ओझेलमा परेको बताईन् ।
विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेट समृद्धिको गहिराईतर्फ नगएको र कनिका छर्ने काम मात्रै भएको बताए । उनले औसत गैरसरकारी संस्थाले ल्याउने जस्तो गरी बजेट आएको भन्दै सुधारका लागि सुझाव दिए । उनले प्रदेश गौरवका योजना, संसद सचिवालय र विषयगत समितिलाई न्यून बजेट छुट्याएको भन्दै आलोचना गरे । बैठकमा प्रदेशसभा सदस्यहरु विशाल खड्का, नारायणबहादुर सिल्वाल, भीमसेन खत्रि लगायतले धारणा राखेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















