Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रात्रीभोजको बजेटबारे विरोध नगर्न मूख्यमन्त्रीको आग्रह

DM-Paudel1-1530630987.jpg

१९ असार, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आगामी आर्थिक बर्षको बजेट पारित भएपछिको रात्रिभोजमा विनियोजन भएको बजेटको विरोध नगर्न आग्रह गरेका छन् । 
प्र्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले विरोध नगर्न आग्रह गरेका हुन् । उनले भने–‘हात जोडेर भन्छु रात्रीभोजको बजेटबारे विरोध नगर्नुस् ।’ बजेटमा मूख्यमन्त्री कार्यालयको कार्यक्रम खर्च अन्तरगत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारित पछि गरिने रात्रिभोज कार्यक्रम’ शिर्षकमा १० लाख रुपैंया विनियोजन गरिएको छ । बजेट विनियोजनमाथि प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए । 
रात्रिभोजका लागि विनियोजन गरिएको १० लाख रुपैँयाको समर्थन गर्दै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले पनि बजेट पास भएको खुशीयालीमा अहिले छुट्याएको १० लाख अपुग भएको भन्दै थप १० लाख छुट्याउनुपर्ने बताएका थिए । उनले आफुले पनि धेरैसंग बजेट निर्माणका क्रममा सुझाव लिएको, कर्मचारीसमेत यसमा खटिएको भन्दै केही रमाईलो गर्नका लागि बजेट विनियोजन भएको बताए । ३५ अर्ब बजेटको अति नै न्यून बजेट रात्रि भोजमा राखेको भन्दै विरोध गर्नु नपर्ने बताए ।
प्रदेशसभा बैठकमा मूख्यमन्त्री पौडेलले विगतमा विस्तृत परियोजना प्र्रतिवेदन (डिपिआर) तयार भईसकेका योजनाबारे बजेट परेकोबारे सरकारलाई जानकारी नभएको भन्दै यसको जिम्मेवारी योजना दिनेले नै लिनुपर्ने बताएका थिए । उनले यसमा त्रुटी भएको स्विकार गर्दै आगामी दिनमा यस्तो हुन नदिन राष्ट्रिय योजना आयोगमार्फत योजना कार्यान्वयन गरिने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार