२३ असार, हेटौँडा । पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको हो ।
रुसको काजान एरिनामा भएका प्रतिःपर्धात्मक क्वार्टरफाइनलमा पहिलो हाफमा गरेको २ गोलले बेल्जियमलाई विजयी बनायो ।
खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोल गर्न पुगेका थिए ।
उपहार गोलमार्फत अग्रता बनाएको बेल्जियमले ३१औं मिनेटमा अर्को गोल थप्यो । म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुयेनले झण्डै २० यार्ड टाढाबाट गरेको सशक्त प्रहार ब्राजिली गोलरक्षक इकर कोलिसनलाई बिट गर्दै शानदार गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो, तर, पाएका थुप्रै अवसरहरुमा चुक्दा उसले क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । बेल्जियनका किपर कोट्वाले पाउलिन्हो, नेइमार, मार्सेलो लगायतका ब्राजिलियन स्टारका शानदार प्रहार विफल पारिदिएका थिए ।
ब्राजिलविरुद्ध सनसनीपूर्ण जित हात पार्दै विश्वकप इतिहासमा बेल्जियम दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको हो । बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स शनिबार नै भएको खेलमा उरुग्वेलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।
(एजेन्सि)
११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...
११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौडा-१५...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...
११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...
११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले...
११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...