८ साउन, हेटौँडा । युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा १९ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जिम्मी एडम्सको ७२ रनको मदतले घरेलु टोलीले सो स्कोर खडा गरेको हो । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए । सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो । १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए ।
अनिल कुमार शाहले ५६ रन जोड्नु बाहेक अरु खेलाडीको प्रर्दशन फितलो रह्यो । इङ्ल्याण्डको लर्डस हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीका लागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















