१४ साउन, हेटौँडा । बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् ।
नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी)लाई हराएका थिए । तर यी दुई टोलीबीचको निर्णायक खेल वर्षाले अवरुद्ध भएपछि दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
लन्डनमा आइतबारराति लगातार वर्षा भएपछि म्याच अम्पायरले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले आयोजक एम.सी.सी.माथि ९ विकेटको सानदार जित निकालेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको टी–ट्वेन्टी अन्तराष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो ।
आइतबार अवरुद्ध भएको खेलबाट नेपालले तीन वर्षपछि टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो । सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।
अब नेपाल ऐतिहासिक एक दिवसीय शृङ्खला खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको दुई खेलको शृङ्खला यही बुधबारबाट सुरु हुनेछ ।
इङ्ल्यान्डको लर्ड्स मैदानमा आइतबार भएको पहिलो खेलमा भने नेपालले मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी.)लाई ९ विकेटले हरायो । ट्वेन्टी ट्वेन्टी खेल हुनुपर्ने भए पनि वर्षाले ६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ४ विकेटको क्षतिमा ४० रनमात्र बनाउन सक्यो ।
कप्तान माहेला जयबर्दनेले १६ बलमा अविजित २४ रन बनाएबाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागी सोमपाल कामीले ८ रन खर्चेर २ विकेट लिँदा शक्ति गौचनले १ विकेट झारे । एक खेलाडी रनआउट भए । जवाफमा नेपालले ४ ओभर ४ बलमै १ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा ग¥यो ।
नेपालको इनिङ्समा सुवास खकुरेलले १५ बलमा अविजित रहँदै १६ तथा ज्ञानेन्द्र मल्लले ४ बलमा अविजित रहँदै १२ रन बनाए । अनिलकुमार शाह ९ रनमा आउट भए । (एजेन्सी)
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















