१२ असोज, हेटौँडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो खेलमा कालापानी युवा क्लवले पशुपती युवा क्लव, एच्आईडीलाई ० का बिरुद्ध १ गोल गर्दै बिजयी भएको हो । कालापानीका रबि थिङ्ग निर्धायक गोल गर्दै म्यान अफ दी म्याच भए भने पहिलो खेलको म्यान अफ दी म्याच ३ नम्वर युवा क्लवका गोल किपर सुभल दंगाल भए ।
२१ टिम सहभागिता नकआउट फुटबल प्रतियोगिता शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत बिहीबार पनि दुई खेल हुने आयोजक शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिए । पहिलो खेलमा न्यू युनिक युवा क्लव, हेटौँडा ८ बिरुद्ध नामटार युवा क्लव, नामटार र दोश्रो खेलमा बिजय युवा क्लव, ठुलोसुकौली बिरुद्ध युवा जागरण युवा क्लव, उत्तरपानी भिड्ने छन् ।
प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















