२६ साउन, हेटौँडा । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको ‘मिस्टर एण्ड मिस एम्पेरर’ को अडिसन भदौ १६ गते हेटौँडामा हुने भएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरको समन्वयमा हेटौँडामा भएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट प्रतियोगिताका बारेमा जानकारी दिँदै नायक सलोन बस्नेतले ‘गेटवे टु कलिउड’ को अवधारणा अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए । देशका १० सहरहरुमा हुन गइरहेको अडिसनबाट हरेक सहरमा ३ जना महिला तथा ३ जना पुरुष उत्कृष्ट प्रतियोगी छनौट गरी काठमाडौँमा फाईनल राउण्ड सञ्चालनको तयारी थालिएको बस्नेतले जानकारी दिए ।
हरेक सहरमा उत्कृष्ट भएका ३ जना महिला तथा पुरुष प्रतियोगिलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर समेत दिईने भएको छ । त्यस्तै प्रतियोगिताका बिजेतालाई कुनै नगद पुरस्कार नदिईने तर एक चलचित्रमा लिड रोलमा अभिनय गर्ने मौका दिईने बताए । विजेतालाई चलचित्रमा समेत पारिश्रमिक दिएरै अभिनय गराउने बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नायक बस्नेत सहित पर्फेक्ट प्लान इन्टरटेन्मेन्टका सिइओ रबिन कँडेल, आमेश भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















