Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बार्सिलोनालाई स्पेनिस सुपरकपको उपाधि

FCB-1534126926.jpg

२८ साउन, हेटौँडा । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो । 
बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभिल्लाका लागि पाब्लो सारावियाले एक गोल गरे ।  
बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । तर, बार्सिलोनाले त्यसपछि खेलमा पूनरागमन ग¥यो । 
४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा सेभिल्ला पेनाल्टीमा चकेपछि बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । 
इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो । 
बार्सिलोनाको यो सिजनको पहिलो उपाधि हो । गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो ।
(एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार