६ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलको दैनिक गर्ने कामको कार्यतालिका तय भएको छ । मूख्यमन्त्रीको सचिवालयले बुधबार कार्यतालिका तय भएको जानकारी दिएको हो ।
मूख्यमन्त्री पौडेलले अब हरेक दिन विहान ८ बजेदेखि ९ः३० सम्म पार्टी नेता तथा कार्यकर्तासंग भेटघाट गर्ने छन् । कार्यालय दिनमा विहान ११ः३० देखि १ः३० बजेसम्म मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र मन्त्रालयहरुको नीतिगत तथा आन्तरिक कार्यक्रम गर्ने कार्यतालिका छ । आइतबार, सोमबार, बुधबार र विहिबार दिउँसो १ः३० देखि २ः४५ बजेसम्म विभिन्न माग लिएर आउने व्यक्ति, संस्था र निकायका प्रतिनिधिसंग भेटघाट तथा छलफल गर्ने, मंगलबार र शुक्रबार विभिन्न विषयका विज्ञ समूहसंग छलफल गरिने मूख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मूख्यमन्त्री पौडेलले सोमबार, मंगलबार र बुधबार दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म प्रदेशसभा सदस्यहरुसंग, विहिबार विदेशी निकायका प्रतिनिधिसंग, आइतबार स्थानीय तहका प्रतिनिधि र शुक्रबार सञ्चारकर्मीहरुसंग भेटघाट गर्ने भेटघाट गर्ने छन् । अपरान्ह ५ः३० देखि ७ बजेसम्म राजनीतिक व्यक्ति तथा पदाधिकारीसंग भेटघाटको कार्यतालिका तय भएको मूख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
दैनिक कार्यलाई प्रभावकारी बनाउन र भेटघाटलाई व्यवस्थित गर्न कार्यतालिका तय गरेको मूख्यमन्त्रीका नीजि सचिव बद्रीबहादुर पाठकले जानकारी दिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















