Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुन्दरको स्थापना दिवसमा रक्तदान र सहयोग

FB_IMG_1535120334921-1-1535121337.jpg

 ८ भदौ, हेटौँडा । हेटौंडा–१ चौकीटोलमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार स्थानीय सुन्दर मिनी मार्केट परिसरमा रक्तदान कार्यक्रममा सम्पन्न  गरेको छ । 

सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको सभाध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यतामा भएको २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सविन न्यौपाने, केन्द्रीय दुग्ध संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, सुन्दर सावउस अध्यक्ष कमल लामालगायतले रक्तदान कार्यक्रम, सहकारी संस्थाको महत्वबारे प्रकाश पार्दै संस्था स्थापनाको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा संस्थाले हरेक वर्षझैं वार्षिकोत्सवको अवसरमा स्थानीय ॐ बृद्धाश्रमलाई नगद १० हजार रुपियाँ सहयोग गरेको थियो । यसै क्रममा संस्थाका अध्यक्ष नकर्मी, सुकृतराज पराजुली र मुन्ना सिनोरिया बनियाँले संयुक्तरुपमा ५० हजार रुपियाँको अक्षयकोष खडा गरी प्राप्त व्याजबाट ॐ बृद्धाश्रममा आश्रित बृद्धहरुको सेवा गर्ने गरी आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी, रोटो प्रिन्ट एण्ड प्याकेजिङ प्रालिको प्रायोजनमा एक सय थान डस्टबिन वितरण गर्ने कार्यक्रमको सुरुवातस्वरुप स्थानीय श्रेष्ठ होटलका सञ्चालक मिना श्रेष्ठ, ॐ वृद्धाश्रम र प्रहरी चौकी चौकीटोललाई एक एक थान डस्टविन वितरण गरिएको थियो ।

संस्थाका लेखा समिति संयोजक एसिस रिजालले स्वागत गरेको कार्यक्रम लेखा समिति सदस्य सन्तोष पराजुलीले सञ्चालन गरेका थिए । कार्यक्रममा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि.का शाखा प्रबन्धक बिजय पुडासैनी, सुन्दर युवा सञ्जालका अध्यक्ष जीवन छत्कुली, चौकीटोल प्रहरी चौकीका इन्चार्ज प्रसनि विष्णुप्रसाद दाहाल, संस्थाका सल्लाहकार केदारलाल श्रेष्ठ, शिक्षा उपसमिति संयोजक गणेशप्रसाद पराजुली, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक पुरुषोत्तम पराजुलीलगायत सहभागी थिए ।

received_300075240769315-1535121338.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार