Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रेडियो मकवानपुरको जागरुक महिला सम्मान

Radio-Mak-1535457280.jpg

१२ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजलाई यस बर्ष पनि जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । 

भदौ २३ गते शनिबार दिउँसो तीज विशेष कार्यक्रमको आयोजना गरी २ महिलालाई जागरुक महिला सम्मान–२०७५ प्रदान गरिने भएको हो । गत बर्षहरुमा नगद ५ हजार रुपैंयासहित जागरुक महिला सम्मान प्रदान गरिँदै आएकोमा यस बर्ष सम्मानको रकम बढाएर १० हजार पु¥याइएको रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । जागरुक महिला सम्मानमा सम्मानित हुने व्यक्तिको छनौटको लागि रेडियो सञ्चालक समितिका सदस्य राममणि दाहालको संयोजकत्वमा प्रकाश खतिवडा र शर्मिला डंगोल सदस्य रहेको ३ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।

जागरुक महिला सम्मानबाट यसअघि २०७० सालमा गढीका सीतादेवी तिमल्सिना र आमभञ्ज्याङका सुलोचना स्याङ्तान, २०७१ मा हेटौंडा–२ का सरिता खरेल र बज्रबाराहीका चमेली वाइबा, २०७२ मा चुरियामाइका मञ्जु थिङ र हेटौंडा–१ का सुनिता नकर्मी सम्मानित भैसकेका छन् । यस्तै २०७३ मा हेटौंडा–२ का कल्पना शर्मा र दामनका हीरा लामा तथा गत बर्ष हेटौंडा–८ का साहित्यकार बबी थापा र हेटौंडा–१० का महिला उद्यमी सुन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो । यस बर्ष पनि समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई महिलालाई रेडियोले सम्मान गर्ने रेडियोका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

थप समाचार