१५ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैठौं बार्षिक साधारण सभाले चौलागाईको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठ र सदस्यहरुमा सरस्वति पुडासैनी, श्यामप्रसाद भट्टराई र रामहरी ओझा रहेका छन् । सभाले गोपालचन्द्र भट्टराई संयोजक, राजिव खनाल र रामकृष्ण दुलाल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ ।
बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष साधुराम चौलागाईको प्रमुख अातिथ्तामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, कामधेनु सहकारीका अध्यक्ष गौरव पराजुली, चौघडा सहकारीका कोषाध्यक्ष त्रिविक्रम मानन्धर, जनकल्याण सहकारीका उपाध्यक्ष नारायण अधिकारी, रानी वनका सचिव नानीमैया रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमा असल कारोबार सदस्यमा दिर्घमाया लामिछाने, एककुमारी चौलागाई र सोनी गुरुङलाई सम्मान गरिएको थियो ।
भेलाले अध्यक्ष राजेन्द्र चौलागाईले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गोपालचन्द्र भट्टराईले प्रस्तुत गरेको लेखा प्रतिवेदन र ऋण समितिका संयोजक भरत सापकोटाले प्रस्तुत गरेको ऋण प्रतिवेदन पारित गरेको थियो । संस्थाले आव २०७२/०७३ मा २ करोड ३५ लाख कारोबार गरेको जनाईएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















