Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसिया कप छनोटमा नेपाललाई मलेसिया विरुद्ध पहिलो सफलता

Nepal-Cricket-1d.webp-1535796127.jpg

१६ भदौ, हेटौँडा । एसीसी एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।  नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो ।
यसअघि ओमान र युएईंसँग पराजित भएको नेपाले शनिवार पहिलो जित निकालेको हो । मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । छनोटको फाइनल जित्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ ।
नेपालले दिएको १ सय ८९ रनको लक्ष्य मलेसियाले निर्धा्रित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि मोहम्मद अनवरले ३४ रन बनाए । सैद अजिज मुवारक ले ३४ रन बनाए । अहमेद फैज नुरले २२ रन बनाए । भिरनदीपसिंह २१ रनमा आउट भए । मोहम्मद रम्लीले १३ रन बनाए । सरभिन मुनियान्डीले १० रन जोडे । 
नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यस्तै नेपालकालागी सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
यसअघि बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र मोहम्मद आरिफ शेखले सम्हालेका थिए । उनीहरुले छैटौ विकेटको लागि १ सय १ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ५४ रनमा आउट भए । आरिफ ६४ रनमा नटआउट रहे । ४८ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए ।
बसन्त रेग्मी ६ रनमा नटआउट रहे । यसअघि सुवास खकुरेल ९ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अनिल कुमार साह १६ तथा र कप्तान पारस खड्का १३ रनमा आउट भए । मलेसियाका सर्भिन मुनियान्डी र सैजरुल इजादले समान ३ विकेट लिए । मोहम्मद अनवर रहमनले १ विकेट लिए ।
नेपालले अब आइतबार सिंगापुरसँग खेल्नेछ ।
 

nep-ma-1535796127.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार