Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तरुण दल जिल्ला उपाध्यक्षबाट २ कठ्ठा जग्गा दान

RamKumar-1535808636.jpg

१६ भदौ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष रामकुमार रायमाझी ‘हारा’ ले मनहरी गाउँपालिका–१ नम्बर वडा कार्यालयलाई भवन निर्माणको लागि करिब २ कट्ठा जमिन प्रदान गर्ने घोषणा गरेका छन् । 

शनिबार मकरीमा भएको एक कार्यक्रममा उनले आफ्ना स्वर्गीय दाजु राजकुमार रायमाझीको नाममा दुई कट्ठा जग्गा दिने घोषणा गरेका हुन् । विवादको कारण मनहरी गाउँपालिका–१ को भवन निर्माणमा अन्यौलताको अवस्था रहेको थियो । १ नम्बर वडाको भवन निर्माणको लागि जग्गा छनौटको क्रम चलिरहेको थियो । जग्गा छनौट समितिले रामकुमार रायमाझीले दिने जग्गा भवन निर्माणको लागि उपयुक्त भएको निष्कर्ष समेत निकालेको छ । ‘जग्गाको अभावमा भवन निर्माणको बिषय टुंगिन नसकेको जानकारी पाएपछि भेलामा उपस्थित भएर मैले स्वर्गीय दाईको नाममा जग्गा दिने घोषणा गरेको हुँ ।’ आगामी दिनमा पनि आवश्यकता अनुसार आफ्नो वडा र गाउँपालिकाको लागि सक्ने सहयोग गर्ने रायमाझीले प्रतिबद्धता जनाए ।

‘जग्गाको अभावमा भवन निर्माणको बिषय टुंगिन नसकेको जानकारी पाएपछि भेलामा उपस्थित भएर मैले स्वर्गीय दाईको नाममा जग्गा दिने घोषणा गरेको हुँ ।’

१ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले युवाहरुमा सामाजिक भावना देखिनु सकारात्मक भएको उल्लेख गर्दै वडालाई जग्गा प्राप्त भएकोमा खुसी व्यक्त गरे । आधिकारिक रुपमा जग्गा प्राप्ति भएसंगै भवन निर्माणको प्रक्रियामा जानेछौं ।’ यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता भूमीनन्द अर्यालले वडालाई प्रदान भएको जग्गामा भवन निर्माणको लागि मनहरी गाउँपालिका तथा स्थानीयबासीको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा भवनको लागि जग्गा छानवीन समितिका संयोजक रघुनाथ अधिकारी, सदस्य भीमसेन अधिकारीलगायतको आतिथ्यता थियो । ६ मिटरको बाटोसहितको २ कट्ठा जग्गा रायमाझीले वडालाई उपलब्ध गराउने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार