२० भदौ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार वनेको ६ महिनामा अपेक्षाकृत काम गर्न नसकेको स्विकारेका छन् । उनले पूर्वप्र्रधानमन्त्री समेत रहेका उनले अबको ६ महिनामा आशा जगाउने ढंगले काम गर्ने दावि समेत गरे ।
मकवानपुरको मनहरी–९ रजैयामा अग्निहोत्राश्रम बोर्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले दुईतिहाई बहुमतको सरकारबाट जनताले धेरै अपेक्षा गरेपनि पुरा गर्ने नसकिएको बताए । उनले अब त्यो अपेक्षा पुरा गर्ने ढंगले काम अघि बढाउने उनको भनाई थियो । उनले वर्तमान सरकारको कामबारे गम्भिर समिक्षा भईरहेको बताए ।
उनले जनतामा वर्तमान सरकारप्रति नकारात्मक धारणा रहेको स्विकार्दै प्रधानमन्त्री केपि शर्मा ओली र आफु सरकारको कामबारे गम्भिर समिक्षा गरिरहेको बताए । कार्यक्रममा प्र्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले जनताको भावना सम्बोधन गर्ने ढंगले विकासको काम अघि बढाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । आश्रमका संरक्षक सिताराम खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेता माइकल रामचन्द्र्र अर्याल, गाउँपालिका प्रमुख एकराज उप्रेति, कार्यक्रम संयोजक अजेयराज सुमार्गी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रचण्डले विविध वनस्पति उद्यान र चाणक्य सदनको उद्घाटन गरेका थिए भने वैद्धिक होम समेत गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















