Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वनलाई उद्योग र पर्यटनसंग जोड्नुपर्छ : मन्त्री नेपाल

IMG_2880-1536593652.JPG

२५ भदौ, हेटौँडा । प्रदेश ,नम्बर ३ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले वनलाई उद्योग, पर्यटन क्षेत्रसँगै आर्थिक, सामाजिक, साँस्कृतिक पक्षसँग जोड्नुपर्ने बताएका छन् ।

आदिवासी जनजाति समुदायका लागि लक्षित अनुदान संयन्त्र सम्बन्धी प्रदेश ३ को हेटौंडामा सोमबारबाट शुरु भएको २ दिने प्रादेशिक गोष्ठीमा बोल्दै उनले उत्पादनमुलक फलफूलको विरुवारोपण र विकासमा जोड दिनुपर्ने बताए । वनले जनताको जीवनलाई उकास्नेतिर सोच्नुपर्नेमा जोड दिदै उनले बन संरक्षण गरे बापत् विश्व बैंकले दिने रकमले जनतामा आउने ठोस परिवर्तनबारे पहिल्यै टुंगो लाग्नुपर्ने बताए ।  

कार्यक्रममा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष डा. पासाङ्ग शेर्पाले विश्व बैंक मार्फत् नेपालले अनुदान र ऋण गरी करिब २ अर्ब ४० करोड रुपैंया प्राप्त गर्ने बताए । विश्व बैंकले दिने रकमबाट पाँच वटा परियोजना तयार भईरहेको जानकारी दिदै रेड कार्यान्वयन केन्द्र, काठमाडौंका उपसचिव अजय मानन्धरले अर्थ मन्त्रालयले स्वीकृत गरी सकेको समेत जानकारी दिए । विश्व बैंकले दिने २ अर्ब ४० करोड रुपैंयामध्ये २५ प्रतिशत मात्र अनुदान रकम हुने र बाँकी रकम सहुलियत दरको ऋण हुने समेत उनको भनाई छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष लोकबहादुर दुरा, सामुदायिक बन उपभोक्ता महासंघका उपाध्यक्ष भीमप्रकाश खड्का, महासंघकी महासचिव भारती पाठक, नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष घनश्याम पाण्डे, डिभिजन बन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद धिताल, नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघका प्रदेश नम्बर ३ अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा शुरु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार