३० भदौ, हेटौँडा । हेटौडा १ र २ मा सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा समूहका अध्यक्ष कमल लामाले संस्थागत प्रतिवेदन, सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्दराम ढकालले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ को लागि २१ लाख ९ हजारको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । साधारणसभामा समूहले गरेका विभिन्न गतिविधिहरुको प्रचारप्रसार गरेवापत संचारकर्मी भीमसेन पौडेल,वन प्राविधिक नवराज पुडासैनी,समूहको भवन निर्माणमा जिन्सी सहयोग गर्ने राज मैनाली,उत्कृष्ठ सरसफाईमा एकता टोल विकास, ज्येष्ठ उपभोक्तामा यदुनाथ मिमल्सिना र भीमकुमारी सञ्जेललाई सम्मानित गरिएको थियो ।
हेटौडा उपमहानगरपालिका १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघका उत्तम पौडेल, हेटौडा ईलाका वन कार्यालयकी राधिका सिलवाल, समूहका पूर्वअध्यक्ष बुद्धिप्रसाद पौडेल, केदारप्रसाद बर्तौला, सहयात्री टोल विकास संस्थाकी रुपा ढुङगाना,उपभोक्ता विष्णुलाल श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
यता, हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समूहकी सचिव हिरामाया पाख्रिनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष असलीमाया डिमडुङले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ को लागि ११ लाख १४ हजारको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी थिईन् ।
साधारणसभामा समूहले गरेका गतिविधिहरुको प्रचारप्रसार गराई समूहको गरिमा उच्च राख्न सहयोग गरेकोमा संचारकर्मी भीमसेन पौडेललाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । हेटौडा उपमहानगरपालिका १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष चन्द्रबहादुर पाख्रिनको अध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा, हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, हेटौडा ईलाका वा कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ, हेटौडा रेन्जपोष्टका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमारसिह खडका, चित्रेपानी सामुदायिक वनका लेखा संयोजक भानुप्रताप विडारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...