Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सुन्दर र शिखरपानीको साधारणसभा सम्पन्न

1-1537017368.jpg

३० भदौ, हेटौँडा । हेटौडा १ र २ मा सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा समूहका अध्यक्ष कमल लामाले संस्थागत प्रतिवेदन, सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्दराम ढकालले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ को लागि २१ लाख ९ हजारको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । साधारणसभामा समूहले गरेका विभिन्न गतिविधिहरुको प्रचारप्रसार गरेवापत संचारकर्मी भीमसेन पौडेल,वन प्राविधिक नवराज पुडासैनी,समूहको भवन निर्माणमा जिन्सी सहयोग गर्ने राज मैनाली,उत्कृष्ठ सरसफाईमा एकता टोल विकास, ज्येष्ठ उपभोक्तामा यदुनाथ मिमल्सिना र भीमकुमारी सञ्जेललाई सम्मानित गरिएको थियो । 
हेटौडा उपमहानगरपालिका १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघका उत्तम पौडेल, हेटौडा ईलाका वन कार्यालयकी राधिका सिलवाल, समूहका पूर्वअध्यक्ष बुद्धिप्रसाद पौडेल, केदारप्रसाद बर्तौला, सहयात्री टोल विकास संस्थाकी रुपा ढुङगाना,उपभोक्ता विष्णुलाल श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
यता, हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समूहकी सचिव हिरामाया पाख्रिनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष असलीमाया डिमडुङले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ को लागि ११ लाख १४ हजारको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी थिईन् । 
साधारणसभामा समूहले गरेका गतिविधिहरुको प्रचारप्रसार गराई समूहको गरिमा उच्च राख्न सहयोग गरेकोमा संचारकर्मी भीमसेन पौडेललाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । हेटौडा उपमहानगरपालिका १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष चन्द्रबहादुर पाख्रिनको अध्यक्षतामा साधारणसभा भएको हो । 
साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा, हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, हेटौडा ईलाका वा कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ, हेटौडा रेन्जपोष्टका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमारसिह खडका, चित्रेपानी सामुदायिक वनका लेखा संयोजक भानुप्रताप विडारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

2-1537017368.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg