Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने:संसद घलान

IMG_20180919_173246-1537357691.jpg

३ असोज,हेटौडा। ३ नम्बर प्रदेश सदस्य ओम घलानले जेसीज सस्थाबाट नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने बताएका छन् ।

बस्तिपुर जेसीज हाडीखोलाको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा तीन तहको निर्वाचन भएपनि केन्द्रीय सरकार पुरानै ढाचामा चलिरहेको गुनासो गदै  कानुनको अभावमा स्थानीय तह समेत अन्यौलमा परेेेेको  बताए।  जीवन ब्यबहारमा प्रत्याभुत हुने गरी संविधान कार्यान्वयन आवश्यक रहेको उनले धारणा राखे । आफ्नु तर्फबाट जेसीज र मकवानपुरको कुनै पनि स्थानमा सहयोग गर्न तयार रहेको प्रदेशसभा सदस्य घलानले बताए । जेसीज अध्यक्ष राममणी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष अन्जनीकुमार पराजुली, बस्तिपुर जेसीज सस्थापक अध्यक्ष गणेशप्रसाद भेटवाल, बर्ष सन् २०१४ का अध्यक्ष बसन्तकुमार सिटौला, हेटौंडा जेसीजका अध्यक्ष रबि नेपाल, लेडी जेसीज अध्यक्ष गमला राजभण्डारी (अस्मिता), नेपाली काङ्ग्रेस वडा सभापति धनबहादुर गुरुङ, जनहित सामुदायिक वन अध्यक्ष मनहरी बर्तौला, निर्मल माविका प्राचार्य प्रबोध बिडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीज सप्ताहको "बेष्ट कार्यक्रम संयोजक अवार्ड" रक्तदान कार्यक्रम संयोजक शिवराज उप्रेतीले प्राप्त गरे । कार्यक्रममा कार्यक्रम संयोजक तथा विभिन्न प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको जेसीज सप्ताह मुल कार्यक्रम संयोजक ज्योतिराज लुइँटेलले बताए । कार्यक्रम सुनिल अधिकारीको सम्योजकत्वमा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार