Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने

Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् । 
संघको बुधवार हेटौडामा भएको प्रथम जिल्ला अधिवेशनले लामिछानेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया लामा, सचिवमा निर्मलकुमार पौडेल र कोषाध्यक्षमा गीता न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यहरुमा कंचन घिमिरे, अमित ढुङगाना, कौशिलया धमला,राम मिजार र कमल लामा भयन भएका छन । कार्यक्रम पारिवारिक निजी वन संघ, नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीको प्रमुख आतिथ्यता एवम मकवानपुर शाखाकी अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय,मकवानपुरका प्रमुख प्रल्हाद धिताल,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई,गैर सरकारी संस्था महासंघ प्रदेश ३ का अध्यक्ष बुद्धशरण लामा, सामुदायिक वन उपभोक्ता महासंघ,प्रदेश ३ का सदस्य रामहरी चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, हेटोडा नगरका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
जिल्ला संघको निर्वाचन कानून व्यवसायी मदनकुमार दाहाल संयोजक सीता विष्ट र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार