Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपभोक्ता ठग्नेलाई अन द स्पट कारबाहि गरिन्छः प्रजिअ तामाङ्

42627529_1947099108931264-1538038063.jpg

सुनिल शिवाकोटी 
११ असोज, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी  आस्मान तामाङले चाडपर्व नजिकिए संगै उपभोक्ताहरु ठगिने क्रममा वृद्धि हुने भन्दै  असोज १५ गते  सोमबारबाट  मकवानपुर सदरमुकाम हेटौँडा संगै ग्रामिणलाई लक्षित गरि प्रशासनले एक्टिभका साथै  सरप्राइज अनुगमन गर्ने   बताए  । 
बिहिबार  न्यूज क्लब नेपालको  आयोजना  हेटौँडामा भएको  चाडवाडमा बजार अनुगमन तथा व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ तामाङले यसो बताएका हुन । 
  प्रजिअ तामाङले हिजको दिन के भयो म जान्दिन अब एक्टिभका साथै  सरप्राइज  अनुगम हुन्छ र उपभोक्तालाई ठग्ने काम जस्ले गर्छ त्यस्ता व्यापारीलाई अन द स्पोर्ट कारबाहि गरिने बताए ।  उनले विगतमा अनुगनमा जानेहरुले बदमासी गरेको भन्दै अब सरप्राइज तरिकामा  आफु नेतृत्वको जिल्ला अनुगमन समितिले सोमबारदेखि खाद्यान्न, माछामासु, यातायात, सुर्तिजन्य वस्तु, मदिरा लगायत विभिन्न वस्तुहरुमा अनुगमन गर्ने बताए । उनले  गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनु संवैद्यानिक व्यवस्था भएकोले चाडपर्वका बेला व्यवसायीले  म्याद नाघेका, तौल कम भएका गुणस्तरहिन सामग्री बिक्री गर्ने गरेको पाईएकोले   कसैलाई पनि खबर नगरी बजार अनुगमन गरिने जानकारी दिए । उनले उपभोक्तालाई कम तौल, म्याद नाघेका एवं कम गुणस्तरका वस्तु बेचेको भेटिएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै त्यस्ता  व्यापारीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।  
अन्तरक्रियामा बोल्दै  मकवानपुर च्याम्बर अफ कमर्सका अध्यक्ष विजय श्रेष्ठले  व्यवसायीले पनि चाडपर्वको समयमा धेरै सामान स्टक राख्ने गरेको र त्यसो गर्दा उपभोक्त ठगिने भन्दै त्यसो नगर्न व्यवसायीलाई आग्रह गरे ।

त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले गुणस्तरहिन सामानका बारेमा अब  उपभोक्ता आफै सचेत हुनुपर्नै भन्दै प्रशासनलाई बजार अनुगमन मसिक रुपमा  गर्न आग्रह गरे  ।

 त्यसैगरी पत्रकार महासंघ मकवानपुुरका अध्यक्ष हरि हुमागाईले  अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले  बजार अनुगमनमा कडाईका साथ कार्यन्यन गरिनु पर्ने बताए । कार्यक्रम  न्यूज क्लब नपालका अध्यक्ष धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार