Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश राजधानी हेटौँडामा नै उपयुक्त हुन्छ : बानियाँ

Photo1-1539153702.jpg

२४ असोज, हेटौँडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा नै उपयुक्त हुने बताएका छन् । 
रणनीतिक रुपमा उपयुक्त रहेकाले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी हेटौँडामा तोकेको उनको भनाई थियो । नेपाल प्रेस युनियन मकवानपुरले बुधबार आयोजना गरेको शुभकामना अदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै नेता बानियाँले राजनीतिक आग्रह पूर्वाग्रहमा नलागी एकमत भएर राजधानी अव हेटौँडामा नै कायम गर्न सबै जुट्नुपर्ने बताए । सडक सञ्जाल, सुरक्षा संवेदनशिलता र रणनीतिक दृष्टिकोणलेप्रदेश नम्बर ३ को राजधानी हेटौँडा उपयुक्त रहेको उनको भनाई थियो । 
गणितिय हिसावले आवश्यक मत नेकपासंग रहेको भन्दै बानियाँले यसका लागि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली तयार हुनुपर्ने बताए । अधिकांश प्रदेशसभा सदस्य राजधानी अन्यत्र तोक्नुपर्ने मनस्थितिमा रहेकाले प्रधानमन्त्री ओलिले चाहे राजधानी हेटौँडामै रहने उनको भनाई थियो । राजधानीका लागि हेटौँडा नै उपयुक्त रहेको विषयमा संचारमाध्यमलाई एक ठिक्का भएर कलम चलाउन उनको आग्रह थियो ।
युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, युनियनका सचिव केशव समर्पण लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पेशागत संगठनमा आवद्ध पत्रकारहरुका अध्यक्ष एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार