२४ असोज, हेटौडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव रहेको बताएका छन् ।
मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक स्थल टिष्टुङमा पहिलो पटक बुधबारबाट सुरु भएको टिष्टुङ महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धीको एउटा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र पनि भएको बताए ।
उनले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने बताउँदै प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको अत्याधिक विकास र प्रबद्र्धन गर्न प्रदेश सरकार तयार रहेको दावी गरे । मकवानपुरका ग्रामिण क्षेत्रहरु पर्यटनका लागी सम्भावना युक्त रहेको जिकिर गर्दै उनले गाउँहरुमा व्यवस्थित रुपमा होम स्टे सञ्चालन गर्नुपर्नेमा जोड दिए । शनिवारसम्म संचालन हुने मेलाको उदघाटन समारोहअघि गोपाली समुदायले लाखे नाचलगायत विभिन्न किसिमका झा“की प्रदर्शन गरेका थिए । उक्त अवसरमा ऐतिहासिक टिष्टुङको वारेमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको विमोचन समेत गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाको प्रत्यायोजन व्यबस्थापन सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्न पर्यटन क्षेत्रको विकासमा लगानी बृद्धी गर्नुपर्ने जोड दिए । यस्तै प्रतिनिधी सभाका संसद विरोध खतिवडाले मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रबद्र्धनमा भुमिका खेल्नुपर्नेमा जोड दिदै पर्यटकीय क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । मेला उद्धघाटन कार्यक्रममा प्रदेश सभा सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले समृद्धीको आधार पर्यटन, कृषि भएको बताउँदै मेला, महोत्सव मार्फत् स्थानीय प्रतिभा र उत्पादनको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । चार दिनसम्म संचालन हुने महोत्सवमा १ सय ६० वटा स्टल राखिएका छन् ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















