Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्छः मुख्यमन्त्री पौडेल 

43685170_2284349015133792-1539242005.jpg

फोटोः सुनिल शिवाकोटी


२५ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्ने बताएका छन ।

६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यसो बताएका हुन । उनले नेपाल प्रहरीको  टोल टोलमा नेपाल प्रहरी , मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथि जस्ता अभियानको प्रसशा  गर्दै यस्ता अभियानलाई व्यापकता दिनु पर्ने बताए । उनले हाल सम्म संघिय प्रहरी ऐन नबनेको र नेपाल प्रहरी प्रदेशको मातहतमा आइनसकेको अवस्थामा पनि ३ नम्बर प्रदेशको निती तथा कार्यक्रममा प्रदेश प्रहरी संग   सम्बन्धीत कार्यक्रमहरु समावेश गरिएको बताए । उनले प्रहरीलाई पर्याप्त श्रोत साधन प्रदान गर्दै अझै दक्ष बनाउनुपर्ने भन्दै  प्रदेश ३ मा प्रहरी तालिम केन्द्रको स्थापना गरी कार्यन्वयनमा ल्याउने योजना रहेको बताउदै  हाल प्रदेश मातहतमा ६० वटा ईकाइका भवन निर्माण  भईरहेको र त्यसले  प्रदेश अनुसन्धान ब्युरो मजबुद हुने  बताए ।  

त्यस्तै कार्यक्रमा बोल्दै   ३ नम्बर  प्रदेशका  आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले प्रहरी र जनता बिचको सम्बन्ध सुमधुर  हुनु पर्ने भन्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका  प्रहरीलाई अनुशासित बनाउन छिट्टै ऐन बनाउने बताए ।   
३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक दिपककुमार थापाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो भने विभिन्न संघ सस्था प्रतिनिधी, पुर्व प्रहरी अधिकृतहरु, पत्रकार, नागरिक समाज, व्यवसायी लगायतकाको उल्लेखिय सहभागिता रहेको थियो । 

साथै प्रहरी दिवसको अवसरमा  ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको विविध खेलकुदमा सफल भएका विभिन्न प्रहरी एवं खेलाडीहरुलाई समेत सम्मान गरिएको छ   भने ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेश भित्रका उत्कृष्ट प्रहरीको रुपमा कार्यगरेको भन्दै  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरिक्षक वेदप्रसाद गौतम र उत्कृष्ट प्रह रीमा  प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक रोशन थापा सहित १ र्दजज प्रहरीलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । 

६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयले रक्तदान, विविध खेलकुद, मामाघर नेपाललाई खाद्यन्य सहयोग , हेटौँडाका शक्ति पिठहरुको सरसफाई लगायतका कार्यक्रम गरेको थियो । 

43721105_326237461265276_-1539242006.jpg

फोटोः सुनिल शिवाकोटी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार