Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्छः मुख्यमन्त्री पौडेल 

43685170_2284349015133792-1539242005.jpg

फोटोः सुनिल शिवाकोटी


२५ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्ने बताएका छन ।

६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यसो बताएका हुन । उनले नेपाल प्रहरीको  टोल टोलमा नेपाल प्रहरी , मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथि जस्ता अभियानको प्रसशा  गर्दै यस्ता अभियानलाई व्यापकता दिनु पर्ने बताए । उनले हाल सम्म संघिय प्रहरी ऐन नबनेको र नेपाल प्रहरी प्रदेशको मातहतमा आइनसकेको अवस्थामा पनि ३ नम्बर प्रदेशको निती तथा कार्यक्रममा प्रदेश प्रहरी संग   सम्बन्धीत कार्यक्रमहरु समावेश गरिएको बताए । उनले प्रहरीलाई पर्याप्त श्रोत साधन प्रदान गर्दै अझै दक्ष बनाउनुपर्ने भन्दै  प्रदेश ३ मा प्रहरी तालिम केन्द्रको स्थापना गरी कार्यन्वयनमा ल्याउने योजना रहेको बताउदै  हाल प्रदेश मातहतमा ६० वटा ईकाइका भवन निर्माण  भईरहेको र त्यसले  प्रदेश अनुसन्धान ब्युरो मजबुद हुने  बताए ।  

त्यस्तै कार्यक्रमा बोल्दै   ३ नम्बर  प्रदेशका  आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले प्रहरी र जनता बिचको सम्बन्ध सुमधुर  हुनु पर्ने भन्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका  प्रहरीलाई अनुशासित बनाउन छिट्टै ऐन बनाउने बताए ।   
३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक दिपककुमार थापाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो भने विभिन्न संघ सस्था प्रतिनिधी, पुर्व प्रहरी अधिकृतहरु, पत्रकार, नागरिक समाज, व्यवसायी लगायतकाको उल्लेखिय सहभागिता रहेको थियो । 

साथै प्रहरी दिवसको अवसरमा  ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको विविध खेलकुदमा सफल भएका विभिन्न प्रहरी एवं खेलाडीहरुलाई समेत सम्मान गरिएको छ   भने ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेश भित्रका उत्कृष्ट प्रहरीको रुपमा कार्यगरेको भन्दै  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरिक्षक वेदप्रसाद गौतम र उत्कृष्ट प्रह रीमा  प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक रोशन थापा सहित १ र्दजज प्रहरीलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । 

६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयले रक्तदान, विविध खेलकुद, मामाघर नेपाललाई खाद्यन्य सहयोग , हेटौँडाका शक्ति पिठहरुको सरसफाई लगायतका कार्यक्रम गरेको थियो । 

43721105_326237461265276_-1539242006.jpg

फोटोः सुनिल शिवाकोटी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार