Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

 कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमाः सभापति देउवा 

44065141_171483097108784_-1539361498.jpg

 

२६ असोज, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको  र वर्तमान सरकार  प्रेस स्वतन्त्रताको पक्षमा नरहेका बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार  आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्धघाटन चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण तथा प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई संयुक्त रुपमा  सम्बोधन गर्दै  देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन ।  देउवाले  कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको  भन्दै ओली सरकार प्रती व्यङ्ग्य गर्दे प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन नपाईने बताए  
साथै सभापति देउवाले  ५५ लाखको लागतमा नेपाल प्रेस युनियन चितवनको नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गरेका छन । कार्यक्रममा   ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी ११ हजार १ सय ११ को क्रियाशील पत्रकारिता पुरस्कारबाट नारायणी अनलाइनका पत्रबार राजु चौधरीलाई प्रदान गरिएको छ  ।  कार्यक्रममा काग्रेस महामन्त्री शसंक कोईराला, काग्रेस    केन्द्रिय  सदस्य महालक्ष्मी डिना  ,प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका  महासचिव अजयबाबु शिवाकोटी , कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । युनियनको आठौं जिल्ला अधिवेशन आजदखि शुरु भएको छ ।  शनिबार नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार