२८ असोज, हेटौँडा । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोला र तरुण दल हेटौडा १२ का सचिव उमेश वाईबाको निधनको शोकमा नेपाली काङ्ग्रेस मकवानपुरले आइतबार गर्ने भनेको चियापान स्थगन गरी शोक सभा गरेको छ ।
पुर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला र तरुण दल हेटौँडा १२ नम्बर वडा समितिका सचिव वाईबाको निधनमा शोक ब्यक्त गर्दै शोक सभा आयोजना गरेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
हेटौँडा २ मा रहेको पार्टी कार्यालयमा आयोजना गरिएको शोक सभामा काग्रेस केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्यायले बास्तोलाको निधनले काग्रेसले अभिभावक गुमाएको बताईन, त्यसैगरी काँग्रेस मकवानपुरका सभापती एबं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाले बास्तोलाको त्याग र लोकतन्त्र स्थापित गर्न खेलेको भुमिकाको चर्चा गरेका थिए । शोक सभामा काग्रेस मकवानपुरका नेता कार्यकर्ता, विभिन्न भातृसंस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी केहि दिन अघि सवारी दुर्घटनमा परी निधन भएका तरुण दल हेटौँडा १२ नम्बर वडा समितिका सचिव उमेश वाईबाको निधनको शोकमा तरुण दल मकवानपुरले विजया दशमी तथा दिपावलीको अवसरमा आइतबार गर्ने भनेको चियापान कार्यक्रम समेत स्थगित गरेको छ ।
तरुण सचिव वाईबाको तथा कांग्रेसका नेता बास्तोलाको निधन र यो शोकको घडीमा चियापान र सुभकामना आदन प्रदान कार्यक्रम स्थगन गरेको तरुण नेता राजेश भेटवालले बताए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















