खेलको म्यान अफ द म्याचको ट्रफी प्रदान गरिदै
२८ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भइरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन ।
आइतबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा शक्ति युवा क्लव मनहरीलाई ३ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै सुनाचुरी फाइनलमा प्रवेश गरेको हो । शनिबार भएको खेलबाट आयोजक लामिटार यूथ क्लवको टिम मसिनेको जनजागरण क्लवलाई हराउदै फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा प्रवेश गरेसंगै सुनाचुरीले आयोजक लामिटार यूथ क्लव संग सामना गर्ने छ ।
शक्ति युवा क्लवले सुरुवाति अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो ।
खेलको १२ औं मिनेटमा गोल गर्दै शक्तिका दीपक मोक्तानले टिमलाई अग्रता दिलाएका थिए भने त्यसको ६ मिनेट मै १८ सुनाचुरीका बिबेकश्रेष्ठले सेन्टरबाट प्रहार गरेको फ्रीकिक गोलमा परिणत भएपछि खेल बराबरीमा र्फकेको थियो। दोस्रो हाफको १३ औं मिनेटमा सुनाचुरीका क्याप्टेन सितल बिकले गोल गर्दै अग्रता दिलाए । क्याप्टेन बिकले नै दोस्रो हाफकै १८ औं मिनेटमा हेडमार्फत गोल गर्दै ३ का विरुद्ध १ को अग्रता दिलाए । खेलको म्यान अफ द म्याच सुनाचुरीका क्याप्टेन सितल बिक नै घोषित भए ।
म्यान अफ द म्याचको घोषित भएपछि खेलकुद समन्वय समिति हेटौंडा १९ का अध्यक्ष राजु घलेले नै म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन । प्रथम लामिटार कप फुटबलको फाइनल खेल मङ्गलबार फुलपातिको दिन दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















