Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढ्ने

123-1539585139.jpg

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारीको संख्या बढ्ने भएको छ । कायम ६ सदस्यीय संख्या बढाएर १० सदस्यीय बनाउने गरि विधानको मस्यौदामा छलफल भईरहेको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समिति सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

इकान्तिपुरमा प्रकाशित समाचार अनुसार पार्टीमा सभापतिका साथै दुई उपसभापति, २ महामन्त्री, ४ सहमहमन्त्री र १ कोषाध्यक्ष रहनेगरि १० सदस्यीय पदाधिकारी रहनेगरी छलफल भईरहेको नेता पौडेलको भनाई छ । यद्यपी सवै मनोनित गर्ने अवस्थामा भने सो संख्या नबढाईने नेताहरुले बताएका छन् । पार्टीको १४ औं महाधिवेशमा पदीय व्यवस्थापन  गर्न कांग्रेसले पदाधिकारीको संख्या थप्न लागेको हो । पदाधिकारीको संख्या वढाउने विषयमा करिव करिव सहमतिमा पुगिएको पौडेलले बताए ।  कांग्रेसमा प्रदेश प्रतिनिधित्व हुनेगरि ७ सहमहामन्त्रीको अवधारणामा समेत छलफल उठेको छ । सो विषयले मुर्तरुप भने पाइसकेको छैन ।

सभापतिलाई अधिकार सम्पन्न बनाउनुपर्ने संस्थापन पक्ष  र सामुहिक नेतृत्व प्रणालीको अभ्यास गर्नुपर्ने संस्थापन इतर पक्षको छुट्टाछुट्टै दवावको विकल्पमा पदाधिकारीको संख्या बढाउने गरि छलफल अघी बढेको छ ।  असोज २९ गतेसम्ममा विधान मस्यौदामा प्रारम्भिक सहमति जुटाउन मस्यौदा समिति असफल भएको छ । 

नेता चक्रप्रसाद बाँस्तोकाको निधनका लागि पार्टीका सम्पूर्ण कार्यक्रम नै केही दिनका लागि स्थगित भएपछि दशैं पछि मात्र मस्यौदामा सहमति खोजिने नेताहरुले बताएका छन् । सभापतिको अधिकारसंगै पदाधिकारीको संख्या र अन्य संरचनागत विषयमा समितिमा सहमति जुट्न बाँकी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार