Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा अस्पतालको सेवा सुधारका लागि तरुण दलको ज्ञापनपत्र

T0-1540617411.JPG

१० कार्तिक, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा अस्पतालको सेवा सुधार गर्न सुझाव दिएको छ ।
आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्रविण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा सुधारका लागि सुझाव दिएको हो । तरुण दलले अस्पतालमा नरहेको नाक, कान, घाँटीका साथै छाला रोगको विशेषज्ञ सेवा संचालन गर्नुपर्ने माग गरेको छ । १० बर्ष अघि लगाईएको महायज्ञबाट संकलित रकमबाट आईसियु संचालनका लागि उपकरण खरिद गरेको भन्दै तरुण दलले आईसियु संचालन गर्न माग गरेको छ । त्यस्तै, अस्पतालको फार्मेसीबाट औषधी उपलव्ध हुनुपर्ने, अस्पताल परिसरमा एटिएमको व्यवस्था हुनुपर्ने लगायतका माग राखेको छ । 
ज्ञापनपत्र बुझाउँदै तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकले अस्पतालले गर्ने सुधारका काममा साथ रहने र आवश्यक सहयोगका लागि तरुण दल तयार रहेको बताएका थिए । ज्ञापनपत्र बुझ्दै मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले आफु आए लगतै सुधारका काम थालेको जानकारी दिंदै तरुण दलले औल्याएका कामहरुलाई अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार