Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाली काँग्रेस मकवानपुरको खेलकुद विभाग विस्तार

dddd-1541121378.jpg

१६ कार्तिक, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको खेलकुद विभाग विस्तार गरिएको छ । यस अघि नेपाली काँग्रेस मकवानपुरको जिल्ला कमिटी बैठकले युवा नेता सुनिलकुमार दाहालको संयोजकत्वमा खेलकुद विभाग गठन गरेको थियो । 
संयोजक दाहालले विहीबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा एक समारोहको आयोजना गर्दै खेलकुद विभागलाई विस्तार गरेका हुन् । दाहालले विभागमा आठ जनालाई सदस्यको रुपमा मनोनित गरेका छन् ।
विभाग सदस्यहरुमा दीलिप राजथला, नवराज बज्राचार्य, सुदिप राजबाहक, युद्ध थापा, इन्द्र लामा, सञ्जय श्रेष्ठ, सुवास विडारी तथा सुवास खतिवडा रहेका छन् । 
विभागको विस्तार गर्दै संयोजक दाहालले खेलक्षेत्रको विकासमा लामो समयदेखि काँग्रेसले योगदान पु¥याउँदै आएको बताउँदै थप योगदान दिनका लागि पार्टीले दिएको जिम्मेवारी अनुसार विभागमा सदस्यहरु मनोनति गरिएको बताए । उनले खेलक्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका व्यक्तिहरुलाई समेटर कार्यसमिति पूर्ण गर्ने बताए । 
विभागमा अझै चारजना सदस्य मनोनित गर्न बाँकी रहेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर सचिव बुद्ध लामाले पार्टीले विभिन्न १८ वटा विभाग गठन गरेको जसमध्ये खेलकुद पनि भएको बताए । उनले नेपाली खेलकुदले पछिल्लो समय फड्को मारेको बताउँदै आगामी दिनमा काँग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पुराना खेलाडीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै विभागलाई अगाडि बढ्न सुझाव दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार