१९ कार्तिक, हेटौंडा । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापितलाई बर्खास्त गरेपछि राजनैतिक रुपमा नयाँ तरङ्ग आएको छ। पदमुक्त गरिएपछि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएको खबर नागरिक दैनिकमा अशोक सुजन श्रेष्ठले लेखेका छन् ।
राजनीति गर्ने मान्छेलाई पद पाउनु र पद गुमाउनु ठूलो कुरा नभएको भन्दै मन्त्री स्थापितले पार्टी र प्रदेश सभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरी मन्त्री पदबाट स्थापितलार्इ हटाएका थिए । प्रतिपक्षी दलहरुले भने मन्त्रीहरुबीचको झगडाले जनतामा निरासा थपिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सत्तापक्षभित्रको झगडाले प्रदेश नै बिघटन गराउने हो कि भनेर आशंका व्यक्त गरिन्। ‘प्रदेश सरकारलाई चाहिने ९९ वटा कानून पाँच वर्षमा पनि बन्ला जस्तो छैन’, उनले भनिन्। मन्त्री स्थापितले सिन्को भाँच्ने समेत काम नगरी कुरा मात्रै गरेको बताउँदै उनले मुख्यमन्त्री पौडेलले पनि खासै काम नगरेको आरोप लगाईन्। ‘अरु पार्टीमा त्यस्तो घटना भएको भए उनीहरुले आगो बाल्ने थिए,’ उनले भनिन्, ‘उहाँहरुको कुर्सी भागवण्डा पुर्याउने खेल शुरु भयो, तर हामी सररकाले देश र जनताको हीतमा महत्वपूर्ण काम गरोस् भन्ने चहान्छौ।’
शुरुदेखि नै दुई मन्त्रीबीच कुरा नमिलेको बताउँदै ‘मिटु अभियान’ का कारण स्थापितलाई पदमुक्त गर्न मुख्यमन्त्री पौडेललाई सहज भएको उनको भनाई छ । विवेकशील साझा पार्टीकी प्रदेश सांसद शोभा शाक्यले अप्रत्याशित रुपमा मन्त्रीलाई पदमुक्त गर्दा सरकारको कामकारबाहीमा असर पार्ने बताईन्। अचानक मुख्यमन्त्रीले धेरै अधिकार प्रयोग गरे जस्तो देखिएपनि सम्पूर्ण जानकारी आएपछि थप बोल्न मिल्ने उनको भनाई छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले मन्त्री बर्खास्त गर्दा सरकारको काम र गतिमा कुनै असर नपार्ने बताउँदै सामान्य प्रक्रिया भएको बताए। सिष्टम अनुसार मुख्यमन्त्रीसँग असहमती भएपछि मन्त्रीलाई हटाउनु स्वभाविक भएको उनले दाबी गरे। ‘उहाँको शैली, प्रस्तुती शुरुदेखि नै सिष्टम अनुसार थिएन,’ उनले भने, ‘झगडा, विवाद भन्दा पनि मन्त्रीले सिष्टम बुझेर चल्ने तयारी नगर्दा मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको हो।’
प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच टकराव शुरु भएको थियो। मन्त्री पदको सपथ लगत्तै केही जिल्लाको कार्यक्रममा हेटौंडाबाट चाँडै राजधानी सार्ने बताए पछि उनको मुख्यमन्त्री पौडेलसँग दुरी बढ्न शुरु भएको थियो। मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृह जिल्लाको हेटौडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए। तर स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए। विभिन्न जिल्लामा पुगेर मुख्यमन्त्री पौडेलविरुद्ध सांसद र स्थानीय नेतासँग छलफल गरेको मुख्यमन्त्री पौडेल पक्षको आरोप छ। तर स्थापितले भने सबैभन्दा बढी बजेट भएकाले जस आफुले नपाउँने भएपछि मुख्यमन्त्री आत्तिएर त्यस्तो आरोप लगाएको दाबी गरे।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















